लण्डन — बिश्वभर नियमित दौड र पार्क रनमा लागेका नेपालीहरुको समूह नेपाल रन (www.nepalrun.org) र नेपालसम्म दौड र स्वास्थ्य सम्बन्धि चेतना फैलाउंदै आएको धरान रन समूहले शारीरिक तन्दुरुस्ती सम्बन्धि चेतना फैलाउने उद्देश्यले फिटनेस च्यालेन्ज सुरु गरेको थियो । शारीरिक तन्दुरुस्ती चेतना फैलाई रहेको नेपाली राष्ट्रिय अन्तरास्ट्रिय खेलाडीहरुको समूह बेलायतले पनि उक्त अभियानलाई साथ दिंदै संघका अध्यक्ष सिद्धार्थ बिक्रम क्षेत्रीले हामी नेपालीहरुमा फिटनेसको अवरनेस अत्यन्त जरुरि रहेको बताए ।
फिटनेस संगसंगै यो महामारिको बेला १ व्यक्ति १ कोरोना टेस्ट किट या एक पीपीई आफ्नो मातृभूमीको लागि स्पोन्सर गर्न सके हामी नेपाली राम्रो कुराको लागि पनि एकजुट हुन सक्छौ भन्ने शन्देश जाने यो सकारात्मक अभियान बिश्वभरबाट साथ दिनु पर्ने अमेरिका निवासी उध्यमी तथा बिध्यार्थी त्रिभुवन पाण्डे बताउछन ।
हाल यो अभियानमा बिश्वका विभिन्न देशमा रहेका जुझारु नेपाली हरु स्वतः स्फुर्त रुपमा सहभागी भईरहेका छन् । नेपालमा पनि खेलाडी , प्रहरी सेनाका रास्ट्रसेवक हरूमाझ अभियान पुगीसकेको बताईएको छ ।
च्यालेन्जको मुख्य उद्देश्य खानपिन र आधुनिक जीवनशैलीले निस्क्रिय हुँदै गएको शारीरिक क्रियाकलापलाई सुचारु राखेर तन्दुरुस्त रहन र रोग संग लड्ने क्षमता विकास गर्न दैनिक ब्यायाम गर्ने संस्कारको विकास गर्नु रहेको यसका एक अभियन्ता सन्तोष राईले बताए । राई विश्वभरका ६ म्याराथन सबै भन्दा कम समयको अन्तरालमा दौडन सफल प्रथम नेपाली हुन् ।
आजको आधुनिक दुनियामा हाम्रो खानपिन र रहन सहनका कारण डाएबिटिज, ब्लड प्रेसर, मुटु रोग, मोटोपना जस्ता विभिन्न समस्याले सताउने गरेका छन् । कोरोना भाइरसको संक्रमणको क्रममा पनि ४-५ जना नेपालीहरुको त हृदयाघातले प्राण नै लिएको छ । “शारीरिक रुपमा तन्दुरुस्त रहे रोग लाग्ने सम्भावना कम हुन्छ र साना तिना समस्या पनि हट्छन्,” विश्वका प्रमुख म्याराथनहरुमा भाग लिइसकेका पाण्डव महतोले भने । उनले आफु निरन्तर दौडेर नै क्यान्सर रोगबाट पूर्णतया मुक्त हुन सकेको बताए ।
एक जनाले १० जनालाई शारीरिक अभ्यास गरेर फोटो या भिडियो राख्न प्रेरित गर्ने र थोरैमा १० पाउण्ड/१० डलर या मुट्ठी दानको रुपमा कोरोना संक्रमणको सहयोग कोषमा जम्मा गरेर ‘परोपकार संस्कार’ पनि विकास गर्नु यसको उदेश्य रहेको अर्का अभियन्ता पत्रकार जगन कार्कीले बताए । थोरैमा १० पाउण्ड र बढी डोनेट गर्न चाहनेहरुको हकमा कुनै लिमिट नराखिएको कार्कीले बताए ।
कोषमा जम्मा भएको रकम नेपालमा कोरोना संक्रमण रोकथाम तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई पीपीई र कोरोना टेस्ट किट किन्नको लागि आवश्यक परेका स्थानहरुमा धरान रन समूहको आधिकारिक संजाल मार्फत उपलब्ध गराइने बताइएको छ ।
कसरी सहभागी बन्ने यो च्यालेन्जमा ?
१. शारीरिक तन्दुरुस्ती अभ्यास गरेको फोटो या भिडियो सामाजिक संजालमा राख्ने – (यसको उद्देश्य देखाउन नभएर अरुलाई प्रेरित गर्नु हो ।
२. दशजना आफन्त, साथीहरुलाई त्यसै गर्न नोमिनेट गर्ने । (उद्देश्य हरेक घर-परिवार सम्म यो अभियान पुर्याएर सबै स्वास्थ्य रहन प्रेरित गर्ने )
३. कम्तिमा सानो रकम २ अन्जुली मुट्ठी दान याने की मात्र £१० पाउण्ड, १०० रुपैयां, १० डलर, १० रिंगीट – भाट , १० येन , १० दिनार या १० पैसा भए पनि सहयोग गर्ने ( बढीमा १० अंकले गुणन हुने जति रकम पनि गर्न सकिने ) (उदेश्य – मातृभूमिका लागि कम्तिमा १ कोरोना टेस्ट किट या १ स्वास्थ्य कर्मीलाई १ पीपीई स्पोन्सर गर्नु )
डोनेसनको लागि तलका ३ ओटा विकल्पहरु प्रस्तुत गरिएको छ :
१. कुनै पनि देशबाट रकम संकलन गरेर नेपाल पठाउन नेपालको नम्बर : AC NO : 216000317001, Dharan Run Samuha – Rastiya Banjiya Bank – Dharan
२. बेलायतमा स्थानीय बैंक ट्रान्सफर गर्न सकिने बैंक डिटेल : Nepal Run org , SC : 40-42-08 , Ac no : 12500140
३. अनलाइन , विश्वभरबाट पेपल या कार्डबाट डोनेसनको लागि लिंक :
https://www.justgiving.com/crowdfunding/nepalrun-ritness-challange