लण्डन । बुद्ध फाउन्डेसन यूकेले लण्डनमा आज २५६४ औं बुद्धजयन्ती भिन्न तरिकाले मनाउने भएको छ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति (निधन) भएको वैशाख शुक्ल पूणिर्मा -आज)को दिनलाई बौद्ध धर्मावलम्बीले बुद्ध जयन्तीका रुपमा श्रद्धापुर्वक मनाउने गरेका छन् ।
बुद्ध फाउन्डेसन यूकेले प्रत्येक वर्ष लण्डनको मुटु ट्राफलगरस्क्वारमा बुद्ध जयन्ति मनाउदै संसारभरी बुद्धको देश नेपाल ,प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय स्थल र नेपाली कला तथा संस्कृति को प्रचारप्रसार गर्दै आएको थियो । यो बर्ष कोरोनाको कारण लकडाउन भएकोले एन एच एस स्टाफ नर्स डाक्टरहरुलाई लन्च दिने, शुभकामना सन्देश र साँझ ८ बजे विश्व शान्तिको कामना गर्दै प्रार्थना गर्ने, दीप प्रज्वलन गरि क्ल्याप गर्दै एन एच एस फ्रन्ट लाइनर स्टाफ केयरर नर्स डाक्टरहरुको सम्मान गर्ने कार्यक्रम रहेको बुद्ध फाउन्डेसन यूकेका महासचिव अर्जुन कटुवालले जानकारी दिए ।
बुद्ध फाउन्डेसन यूकेले आफ्ना सदस्यहरु, सल्लाहकारहर, शुभचिन्तक , बुद्धमार्गी लगायत सम्पूर्ण बेलायतबासी नेपालीहरुमा साँझ ८ बजे दीप प्रज्वलन गरि क्ल्याप गर्न हार्दिक अनुरोध पनि गरेको छ ।