मृतक : विवेक अम्मगाई
युरोप । साईप्रसको राजधानी निकोसिया नजिक ईभिचिउ भन्ने गाउमा गए राति एक नेपाली विद्यार्थीको हत्या भएको छ ।
एउटै फ्ल्याटमा बस्दै आएका नेपाली विद्यार्थीहरु विच घरको विषयलाई लिएर विवाद भएपछि २१ बर्षिय युवकको चक्कु प्रहार गरि हत्या भएको हो । मगंलवार राति करिब १०ः३० बजे नेपालको चितवन जिल्ला रत्ननगर नगरपालिका वडा न. १२ जमुनापुर गाऊका २१ बर्षिय विवेक अम्मगाईलाई सोही रुममा बस्ने विद्यार्थी लगभग २२ बर्षिय सुबास गिरीले चक्कु प्रहार गरि हत्या गरेको निकोसिया प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार चक्कु प्रहार गर्ने गिरी अम्मगाईको हत्या गरि आफै पुलिस चौकीमा आत्मसर्मपण गरेका थिए । साथै घरमा अरु विद्यार्थीहरु बस्दै आएका थिए उनिहरु सबै रक्सी खाएर एक आपसमा झगडा गरेका थिए पछि गिरिले चक्कु लिई फ्ल्याट बाहिर गई अम्मगाईलाई चक्कु प्रहार गरेको निकोसिया प्रहरीले बताएको छ ।
प्रहरी घटना स्थलमा पुग्दा अम्मगाई रगतले लत्पत भएका थिए उहालाई अस्पताल लैजादा डक्टरले मृत घोषणा गरेको थियो । आरोपी नियन्त्रणमा आई सकेको र अन्य सो फ्ल्याटमा बस्नेहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरि अदालतमा पेश गरिने स्थानिय समाचार माध्यमहरुले आफनो समाचारमा उल्लेख गरेका छन ।