तस्विरमा : प्रधानमन्त्री ओली , एनआरएन अध्यक्ष पन्त , महासचिव डा.शर्मा
काठमाडौँ । नेपालीको लागि नेपाली र एक पटकको नेपाली सधैको नेपाली भन्ने अति आकर्षक नाराले समेटेको विदेशमा बस्ने सबै नेपालीहरुको साझा र छाता संस्था एनआरएनएबाट जिम्मेवार ब्याक्तिहरुले आफ्नो पदबाट भकाभक राजिनामा दिइ रहेका छन् । जिम्मेवार पदबाट राजीनामा दिदै गर्दा के रह छ सम्वेदनशिल बिषय भन्ने सबैलाई कौतहल र जिज्ञासा लाग्नु स्वभाविक हुन सक्छ।
गत अक्टोबरमा निर्वाचित भएको एनआरएनको ग्लोबल कार्यसमितिले अहिले सम्म एउटा राम्रो बताउन लायक काम गरेको कुनै एक उदाहरण छैन । नेपालमा ओलि सरकारले जस्तै ओली सरकारको आशीर्वादबाट निर्बाचित एनआरएनको पनि घोटालै घोटालाको उस्तै हालत छ । नेपाल र नेपालीको लागी स्थापना भएको एनआरएन अहिले घोटाला कसरी गर्ने र दाम कसरी कमाउने कमाउ धन्दामा परिणत भएको छ ।
सबै घोटालाको बारेमा अहिले भरखरै एनआरएनको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा. हेमन्त दवाडीले प्रस्तुत गरेको विस्तृत विवरणले स्पस्ट देखाएको छ। अरुले गरेका भए नभएका कार्यको छानबिन नगरी आफ्नो स्वामित्वमा लिन सामाजिक संजालबाट सार्वजनिक गर्ने एनआरएनको नेतृत्वले कार्यकारी निर्देशक डा. हेमन्त दवाडीको रिपोर्ट सर्वसाधारण एनआरएनहरुको जानकारीको लागी सामाजिक संजालबाट सार्वजनिक गर्ने आंट र हिम्मत राख्न सक्ला त ? संस्थाको आर्थिक हिनामिना, अनियमिता र ठूलो भ्रष्टाचारले एनआरएनलाई धरासायी बनाएको छ ।
संसारभरका एनआरएनहरुको रगत र पसिनाको कमाईबाट संस्थालाई प्रदान गरेको रकम माथी एनआरएनको नेतृत्वले मस्ती मारीरहेको छ। एनआरएनको चुनावमा १८, २० करोड स्रोत नखुलेको कालो धन खर्चेर चुनाव जित्नु पर्ने वाध्यतालाई २ बर्षे कार्यकालबाट उपर गरि भविष्यलाई समेत संचय गर्न सक्ने सामर्थ्य एनआरएनको नेतृत्वले गर्ने गरेको देखिन्छ। कमाउ धन्दामा कुरा नमिल्दा आपसमा टकराव उत्पन्न हुने गरेका ज्वलन्त प्रमाणहरु छताछुल्ल बाहिर बजारमा आईरहेका छन् ।
कमाउ धन्दामा लागीरहेको नेतृत्व कम्युनिस्ट सरकारको हनुमानगिरीमा निरन्तर व्यस्त रहेको छ। एनआरएन नेतृत्व परराष्ट्र, अर्थ, भूमिसुधार र उर्जा मन्त्रीको गफले मात्र पुरा नभई गृह एवम् प्रधानमन्त्री सम्मको आफुसित राम्रो पहुँच र सम्बन्ध भएको विभिन्न संचार माध्यम र सामाजिक संजालबाट बताउंदै आएको छ।
प्रधानमन्त्री ओलीले जस्तै दम्भ, अहंकार, ठूलो गफ र रवाफले गर्दा एनआरएनको आस्था, मानसम्मान र महत्वको अस्तित्वमा नै प्रश्नवाचक चिन्ह लाग्ने समय नजिक आउंदै छ ।
आर्थिक हिनामिना र अनिमियता गर्न एनआरएनका कर्मचारीले समेत साथ सहयोग नगर्दा पालैपालो जबर्जस्त राजीनामा गराउने तर्खरमा नेतृत्व लागीपरेको छ। डा. हेमन्त दवाडीको राजीनामासंगै अर्का कार्यकारी निर्देशक राजेश राणालाई स्पष्टीकरण सोधपुछ गरिरहेको छ। अन्त्यमा राजेश राणालाई पनि राजीनामा गराई आफ्नो हनुमानलाई निर्देशक बनाउने तयारीमा नेतृत्व रहेको देखिन्छ ।
महासचिव डा. हेमराज शर्माले आफ्नो कुनै नजिकको मानिसलाई निर्देशक बनाउने चलखेलमा लागेको संकेत र प्रमाणहरु पनि देखिदै आएका छन। यो सबै हेर्न बाकी नै छ। भविष्यले बताउला । अहिले एनआरएनको नेतृत्व धेरै ठुलो दवावमा परेको छ। एनआरएन कुमार पन्तको नेतृत्वलाई अनेकौं साङ्गठनिक चुनौतीहरु अगाडि आईरहेका छन। गत बिश्व सम्मेलनमा महासचिव डा. बद्री केसीको साङ्गठनिक प्रतिबेदन र कोषाध्यक्ष हिक्मत थापाको आर्थिक प्रतिबेदन साधारणसभाले सिधै अस्वीकार गरीदिएको थियो ।
बिधान समितीका संयोजक रहेका बर्तमान महासचिव डा. हेमराज शर्माले संस्थाको बिधान बारेमा कुनै छलफल नै गर्न चाहेनन्। सबै महत्त्वपूर्ण बिषयलाई थाती राखी ३ महिना पछि अर्को साधारण सभाको आयोजना गर्ने सर्तका साथ अधि बढ्ने अभिमत साधरणसभाबाट प्राप्त भएको थियो।
एनआरएन ग्लोबल कार्यसमितीको प्रत्यक्ष पोखरा बैठकले एक बर्ष पछि अक्टोबरमा बिज्ञ सम्मेलनसित विशेष साधारणसभा गर्ने निर्णय गर्यो । यो निर्णय गत बिश्व सम्मेलनको साधारणसभाको अभिमतको बिरुद्ध भएकोले धेरै जिम्मेवार ब्यक्तिहरु यस निर्णय विरुद्धको अग्रपंक्तिमा आए ।
यी विभिन्न कारणले गर्दा एनआरएनको नेतृत्वसित असमत देखाउने धेरै अग्रज तथा अभियन्ताहरु आ-आफ्नो जिम्मेवारीबाट राजीनामा दिने क्रम चल्न थाल्यो। सर्वप्रथम निबर्तमान एनआरएन अध्यक्ष भवन भट्टले आफ्नो पदबाट राजीनामा दिए । अध्यक्षका धेरै नजिक र ठूलो सहयोगी अष्ट्रेलिया निवासी भवानी ओलिले बिधानसमितिबाट राजीनामा दिए । तेस्रोमा पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक डा. शेष घलेले प्रमुख संरक्षक पदबाट राजीनामा दिए, तर अझैसम्म पनि नेतृत्वले गोप्य राखेको छ । चौथोमा कार्यकारी निर्देशक डा. हेमन्त दवाडीले राजीनामा दिएका छन्। सबै जिम्मेवार पदका ब्यक्तित्वले राजीनामा दिनु एनआरएनको लागी ठूलो दुर्भाग्य हो ।
आईसीसीको बैठक
सदस्यहरुबाट अनेक जिज्ञासा राख्ने क्रममा अध्यक्ष र महासचिवको बिचार भन्दा फरक आयो भने त्यस्तो आईसीसी सदस्यलाई महासचिवले समय घटाउने वा उपलब्ध नगराउने गरेको धेरै भन्दा धेरै आईसीसी सदस्यहरुले जनगुनासो गर्दै आएका छन्। संस्थाका धेरै महत्वपूर्ण बिषयहरु र जटिल समस्याहरुलाई बैठकमा छलफल नगरी थन्काएर राख्ने गर्दै आएको छ। कैयौं आईसीसीहरुले सार्वजनिक गर्न नेतृत्वसित माग गरेका छन् । यदि एनआरएनको वर्तमान नेतृत्वको यस्तै रवैया रहीरहने हो भने यसको विकल्प खोज्न वाध्य हुने धेरै एनआरएन अभियन्ताहरुको भनाइ छ ।