
लण्डन । नेपाली राजदूतावास लण्डनले आज व्रिटिश सरकारमा पत्राचार गरी व्रिटिश सरकारको रक्षा मन्त्रालय, गोर्खा वेलफेयर ट्रस्ट लगायतका निकायहरुबाट बेलायतमा रहेका नेपालीहरु मध्ये कोरोना संक्रमणको कारण वृद्धवृद्धा एवं भूतपूर्व गोर्खाहरु र उनीहरुका परिवारका सदस्यहरु बढी प्रभावित भएको र मृत्युदर पनि उच्च रहेको जानकारी गराउदै ब्रिटिश सरकारलाई पत्राचार गरिएको राजदूतावासका प्रवक्ता सरद राज अरणले जानकारी दिए ।
उक्त पत्रमा गोर्खाहरुमा भाषागत समस्या तथा अस्पताल र अत्यावश्यक सामाग्रीहरुमा पहँुच लगायत अन्य विविध समस्याहरु रहेकोले यथासक्य चाँडो आवश्यक सहयोग उपलव्ध गराउन अनुरोध गरिएको छ । यस सम्बन्धमा महामहिम राजदूत स्वयंले ब्रिटिश परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय र गोर्खा वेलफेयर ट्रस्टमा कुरा गरी ध्यानाकर्षण गराउनुका साथै नेपाली राजदूतावासले आवश्यक समन्वय गर्ने प्रतिवद्धता प्रकट गरेको प्रवक्ता अरणले जनाए ।