२०८१, ६ असार बुधबार
×

ट्रेन्डिङ

कोरोनाले निधन भएका थापाको यूकेमा अन्त्येष्ठी

2937 Shares

लण्डन । कोरोना संक्रमण भएर केहि साताअघि निधन भएका घन्वीर थापा मगरको सोमवार बेलायतमा अन्त्येष्ठी भएको छ ।

पुर्ख्यौली घर पाल्पा गोठादी घर भएका पूर्व गोर्खा सैनिक थापा पहिल्यैदेखि रक्तचापका बिरामी थिए । उनी बेलायतको दक्षिण पश्चिमी शहर न्यू माल्डेनमा श्रीमतीसहित बस्दै आएका थिए । उनको दुई छोरा, एक छोरी छन् । जेठा छोरा र छोरी नेपालमा छन् भने कान्छा छोरा बहराइनमा छन् । थापा सन् २००९ देखि युकेमा बस्दै आएका थिए ।
notesxt
गैरआवासीय नेपाली संघ यूकेको तर्फबाट उपाध्यक्ष प्रेम गाहा मगरले थापाको परिवारलाई भेटी श्रद्धाञ्जली अर्पण गरेका थिए भने ५०० पाउण्डको आर्थिक सहयोग पनि हस्तान्तरण गरेको उपाध्यक्ष मगरले नेपालसंसारलाई जानकारी दिए ।

अन्त्येष्ठीका क्रममा सपना थापा , सुस्मिता थापा , रुद्र थापा , सन्तोष थापा , गेजा पौडेल , सुत्ति भट्टराई उपस्थित थिए ।

कोरोना भाइरसको महामारीका कारण जारी लकडाउनले गर्दा अन्त्येष्ठीमा थापाका कैयौं निकट आफन्त र मगर संघ यूकेका सदस्यहरु सहभागी बन्न पाएनन् ।

प्रतिक्रिया