२०८१, ७ चैत्र शुक्रबार
×

ट्रेन्डिङ

शेष घले र जमुना गुरुङद्वारा कोरोना उपचार कोषमा ३ करोड सहयोग

1492 Shares

१४ वैशाख, काठमाडौं । नेपाल सरकारले स्थापना गरेको कोरोना उपचार तथा नियन्त्रण कोषमा  एमआईटी ग्रुप फाउण्डेसनले ३ करोड रुपैया सहयोग गरेको छ ।

गैरआवासीय नेपालीहरु शेष घले तथा जमुना गुरुङ्गद्वारा स्थापित फाउण्डेसनका  प्रतिनिधिहरुले आइतबार प्रधानमन्त्री कार्यालयका सचिवलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

यसअघि नेपालमा आइपरेका ठूला विपतहरु भूकम्प एवं नाकाबन्दी तथा बाढीका बेला पनि फाउण्डेसनले विभिन्न सहयोग गर्दै आएको थियो ।

अध्यक्ष घलेले कोरोना संक्रमितको संख्यालाई नियन्त्रणमा राख्न नेपाल सरकार र नेपालीहरुले खेलेको भूमिकाप्रति कृतज्ञता व्यक्त गर्दै यो महामारीबाट नेपाली जनता एवं विश्व चाँडै मुक्त हुने विश्वास व्यक्त गरे । देश तथा देशवासीहरु हरेक दुःख तथा समस्याका घडीमा फाउण्डेसन सदैव आफूले सकेको हरेक सहायताको लागि तत्पर रहने अध्यक्ष घलेले बताए ।

प्रतिक्रिया