२०८१, ७ असार बिहीबार
×

ट्रेन्डिङ

बेलायतको चर्चित रियालिटी शोमा गुञ्जिए नेपाली गायक भीम निरौला ( भिडियो )

3030 Shares

लण्डन । बेलायतमा बस्दै आएका नेपाली गायक भीम निरौलाले बेलायतको चर्चित रियालिटी शोमा आफ्नो चर्चित गीत ‘सन्डे मर्निङ लभ यू’ गाएका छन् । ‘ब्रिटेन्स गट ट्यालेन्ट’मा निरौलाले आफ्नो बहुचर्चित गीत गाइरहँदा दर्शकहरु, उद्घोषक तथा जजहरु समेत उत्साहित देखिएका थिए ।

निरौलाले शोको अडिशनका क्रममा आफ्नो गीत गाउँदा निर्णायकमध्येका एक कोवेलले भने असन्तुष्टिसहित बजर थिचेका थिए । तर, अन्यले भने यो गीतबाट निकै मनोरञ्जन लिएको भिडियोमा देखिन्छ ।

सन् २००६ देखि बेलायतको रेडिंगमा बस्दै आएका  निरौलाले थुप्रै गीत गाइसकेका छन् तर उनको सबैभन्दा चर्चित गत ‘सन्डे मर्निङ लभ यू नै हो । यो गीत २०१३ मा युट्युबमा अपलोड भएको थियो ।

प्रतिक्रिया