२०८१, ७ असार बिहीबार
×

ट्रेन्डिङ

कोरोना संक्रमणबाट बेलायतमा अहिलेसम्म ३३ नेपालीकाे निधन

2485 Shares

लण्डन । शनिबारसम्म बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ३३ नेपालीकाे निधन भएको नेपाली दुताबास लण्डन र गोरखा वेलफेयर ट्रष्टले राखेकाे अलगअलग अभिलेखबाट जानकारी प्राप्त भएको छ ।

अभिलेखअनुसार हालसम्म कोरोनाबाट निधन हुनेहरुमा गोरखा भूतपूर्व सैनिकहरुको संख्या अत्यधिक देखिएको छ । हालसम्ममा २३ जना गाेरखा भूतपूर्व सैनिकहरुको कोभिड १९बाट मृत्यु भइसकेको छ भने  १० जना गैरगोरखाले यस भाइरसबाट ज्यान गुमाएका छन् ।

नेपाली दुताबास लण्डनले कोरोनाबाट मृत्यु हुने नेपालीहरुको रेकर्ड आफ्नै स्रोतबाट राख्ने गरेको छ भने गोरखा वेलफेयर ट्रष्टले कोरोनाबाट मृत्यु हुने गोरखाहरुको रेकर्ड आफ्नै स्रोतबाट राख्ने गरेको छ । दुवै स्रोतको सम्पर्क नपुगेका कोरोनाबाट बितेका नेपालीहरुको रेकर्ड छुट्न सक्ने भएकाले कोरोनाबाट मृत्यु हुने नेपालीहरुको संख्या योभन्दा बढी हुनसक्ने पनि आशंका गरिएको छ ।

प्रतिक्रिया