२०८१, ६ चैत्र बिहीबार
×

ट्रेन्डिङ

लण्डनमा भूतपूर्व गोर्खा सैनिक शंकर गुरुङको निधन

4047 Shares

लण्डन । लण्डनको नर्थहोल्टमा बस्दै आएका ५४ वर्षीय शंकर गुरुङको विहीबार साँझ कामबाट फर्किदै गर्दा बाटोमै निधन भएको क्याट यूके अध्यक्ष जीवन सेनले जानकारी दिए ।

‘२११६६८४८’ आर्मी नम्बर भएका मृतक गुरुङ ‘क्वीन्स गोर्खा सिग्नल्स’का अवकाशप्राप्त गोर्खा सैनिक हुन् । मधुमेह, उच्च रक्तचाप लगायतका समस्या रहेका उनी पछिल्लो १० दिनदेखि बिरामी रहेको बताइएको छ ।

गोरखा जिल्लाको थालाजुंग, खमारी ( हाल सिरानचोक गाउँपालिका ) पुर्ख्यौली भएका गुरुङको परिवार पछि चितवन सरेको थियो । गुरुङका श्रीमती र २ छोराहरु पनि बेलायतमै रहेका भएपनि उनि पछिल्लो समय एक्लै लण्डनमा बस्दै आएका थिए ।

गुरुङको असामयिक निधनप्रति क्याट यूकेले गहिरो दुख व्यक्त गरेको छ । मृतक गुरुङ चितवन एड ट्रस्ट ( क्याट) यूकेका आजिवन सदस्य तथा पूर्व सहकोषाध्यक्ष थिए । क्याट यूके अध्यक्ष जीवन सेनले संस्थाको तर्फबाट मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रतिक्रिया