
लण्डन । बेलायतमा अध्ययनका लागि आएका र हाल कोरोनाबाट प्रभावित विभिन्न विश्वविद्यालयमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुलाइ मर्जिङ नेपसोस नामको विद्यार्थीहरुकै संस्थाले आबश्यक विभिन्न सहयोग गरिरहेको छ । त्यस्ता समस्यामा परेका विद्यार्थीहरुलाई राहत संकलन र सहयोग गर्ने जिम्मेबारी नेपाली राजदुताबासबाट पाएको मर्जिङ नेपसोसले आर्थिक संकलन र आबश्यक सबै सहयोगलाई अघि बढाइरहेको दुताबासको उक्त समितिको संयोजकसमेत रहेका अध्यक्ष पवन कंडेलले बताए ।
कोरोनाका लागि दुताबासको विद्यार्थी सहयोग समितिको संयोजक एबम मर्जिङ नेपसोस अध्यक्ष कंडेलका अनुसार बिहीबार मध्यान्नसम्म १२ हजार भन्दा बढी पाउण्ड सहयोग संस्थाको “बार्क्लेज बैंक” को खातामा आइसकेको छ । संस्थाको सम्पर्कमा हालसम्म दुई सय ८३ जना विद्यार्थीहरु आएका र विद्यार्थीहरुलाई सहयोगका लागि ५० अभियानकर्ता स्वय्म्सेबकहरु र १६ जना रहेको हेल्पलाइन टोली बनाएको पनि कंडेलले हिमालय मेल लाइ बताए । संस्थालेले हालसम्म १६ जना विद्यार्थीहरुलाई खानाको प्याकेज वितरण गरेको र १९ जनालाई घरमै खाना डेलिभरी गरेको भन्दै कडेलले थपे – “हामीले गरेको अध्ययनमा अहिलेसम्म ८१ जना विद्यार्थीहरुलाई सहयोगको आवश्यकता देखिएको र राहत रकम प्रदान समेत गरिएको छ । यो संख्या १२५ जना सम्म पुग्ने देखिन्छ । जस्मध्धे ७ जनालाई शारीरिक र मानशिक स्वास्थ्यको लागि डाक्टर र मनोचिकित्सक (साइकोलोजिस्ट) सेवाको लागि सहयोग गरिएको छ ।” नेपसोसले आउने दिनहरुमा उक्त सहयोगमा आबश्यकता अनुसार पुनर्मुल्यांकन गर्दै लाने समेत कंडेलले बताए।
राहतको दुरुपयोग नहोस भनेर राहत पाउनेहरुलाई विशेष फाराम भराउने गरिएको छ । जसमा आफ्ना व्यक्तिगत अवस्थाहरुका बारेमा विस्तृत जानकारी दिनुपर्ने छ । आर्थिक राहत लिईसकेपछि खरीद गरेको बिल नेपसोसलाई पठाउनु पर्ने नियम बनाइएको पनि उनले बताए । नेपसोसले टेलिफोन परामर्श दिनुका साथै अध्ययनको विषय, कलेज वा विश्वविद्यालय, उनीहरुले अध्ययन गरेको विषयहरु, तहहरु र परिवर्तन गर्न चाहेको कोर्षहरु बारेमा बुझिरहेको पनि उनले बताए ।
त्यसैगरी बेलायती विद्यार्थीहरुले पाउने “हार्डसीप फण्ड”, विश्वविद्यालय अध्ययन नगरी नेपाल फर्कन चाहनेलाई रकम फिर्ता, अनलाईन कोर्षहरु र अनलाईन कोर्ष अध्ययन गर्न छाडेर सेप्टेम्बर सेसनमा विश्वविद्यालय जान चाहनेका लागि के कस्तो गर्न सकिन्छ भनेर विशेष फाराम भर्ना लगाई रहेको छ । साथै लागि बेलायतमा विद्यार्थीहरुलाइ आबस्यक पर्ने “एन आइ नम्बर ” आबेदन लगायतका अन्य आबेदन फारमहरू भर्ने , घरभाडाको सहमति पत्र ( अग्रिमेंट पेपर ) लगायतका विद्यार्थी जीवन यापनकालागि आबस्यक कुराहरुमा सल्लाह र सहयोग दिइ रहेको समेत उनले बताए ।
himalayamail.com