
लण्डन । बेलायतको वेम्ब्ली शहरमा बस्दै आएका ४८ वर्षीय आइत बहादुर गुरुङको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ ।
विगत केहि वर्ष अगाडी मुटुको अप्रेसन गरेका गुरुङलाई श्वाप्रश्वासमा अफ्ठेरो भएपछि लण्डनको नर्थवीक पार्क अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा केहि दिन उनलाई ‘भेन्टिलेटर’मा समेत राखिएको थियो । उनको निधन बुधवार बिहान भएको परिवारका सदस्यले नेपालसंसारलाई बताए ।
गुरुङको निधनपछि अस्पतालले परिवारलाई उपलब्ध गराएको ‘रिपोर्ट’मा उनलाई कोरोना भाइरसको संक्रमण भएको उल्लेख गरिएको परिवारका सदस्य दीपक गुरुङले नेपालसंसारलाई जानकारी दिए ।
लम्जुङ्ग जिल्ला आमाडाडा पुरानो गाउ पोखरा १० मिलन टोल , पुर्ख्यौली भएका मृतक गुरुङ पछिल्लो समय तनहु तमु समाज पोखराका सक्रिय सदस्य पनि थिए । उनी लामो समयदेखि परिवारसहित बेलायतमा बस्दै आएका थिए । उनको परिवारमा श्रीमति र एकमात्र छोरा छन् ।