२०८१, ७ असार बिहीबार
×

ट्रेन्डिङ

स्याङ्जा सहयोग समाज बेलायतको अध्यक्षमा शारदा

1927 Shares

लण्डन । स्याङ्जा सहयोग समाज युकेको प्रथम साधारणसभाबाट शारदा गुरुङ अध्यक्षमा चयन भएका छन् ।नेपालको स्याङ्जा जिल्लाबाटआइ बेलायतमा बसोबास गरेका नेपालीहरुले आफ्नो जिल्ला लाइ सहयोग पुर्याउने उदेश्यले स्याङ्जा सहयोग समाज बेलायत (युके) गठन गरेका हुन्।

आइतबार भिडिओ कन्फरेन्सका माध्यमले छलफल गरी शारदा गुरुङ लाइ अध्यक्षमा सर्बसम्मत रुपमा चयन गरिएको छ । गुरुङ सातसय कोल्मा बहाकोट सम्पर्क मंच स्याङ्जाकाअभियन्ता,कोल्मा बहाकोट समाज युकेका वर्तमान महासचिव, साहारा युकेका कोषाध्यक्ष र एनआरएन इंगल्याण्ड राज्य परिषद्का सल्लाहकार समेत हुन् ।

त्यसैगरी समाजको उपाध्यक्षमा भरत गुरूङ, महासचिब डा. बलराम ढकाल, कोषाध्यक्ष हेम बहादुर थापा, महिला संयोजक होम कुमारी गुरूङ र मिडिया एवम आउटरीच संयोजकमा रविन (एलबीजेड) गुरूङ चयन हुनु भएको जनाइएको छ ।

साथै डेभिड गुरूङलाइ समाजको बरिष्ठ सल्लाहकार चयन गरिएको छ भने सल्लाहाकारहरुमा सुरेश गुरूङ, प्रेमसिंह राना,खड्ग गुरूङ, नविन गुरूङ लाइ चयन गरिएको मिडिया एवम आउटरीच संयोजकमा रविन (एलबीजेड) गुरूङले जानकारी दिनुभयो । समाजको संरक्षकमा थर्क प्रेम सेन, कुमार गुरूङ, प्रेम गुरूङ र राजन छेत्री लाइ चयन गरिएको छ।

नवनिर्वाचित अध्यक्ष्य गुरुङले समाजले केहि सहयोग रकम संकलन गरेको र सो पिपिआइ, पन्जा , सेनिटाइजर लागायत हालको कोरोनाको संक्रमणसंग बच्न प्रयोग हुने सामग्री हरु जिल्लामा पठाउने तयारि भैरहेको बताए । समाजको अन्तरास्ट्रिय समिति पनि रहेको र युके जस्तै विभिन्न ३६ देशमा यस्ता समितिहरु रहेको समेत अध्यक्ष्य गुरुङले जानकारी दिए ।

नया प्रविधिको प्रयोग गर्दै,,कोरोना भाइरस (कोभिड १९) संक्रमण संकट र लक्डाउनले प्रभावित समयमा पनि टेलिकन्फेरेन्स मार्फत समितिका सदस्य हरुको सफत समेत गरिएको समाजका बरिष्ठ सल्लाहकार डेभिड गुरुङ (दिपक)ले बताए ।

प्रतिक्रिया