२०८१, ७ असार बिहीबार
×

ट्रेन्डिङ

एनआरएनए स्वास्थ्य समितिको कोरोना संक्रमित बारे हावादारी तथ्यांक

1993 Shares

युरोप । गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिले तयार पारेको कोरोना भाइरस (कोभिड १९) संक्रमित संख्या हवादारी देखिएको छ ।


कोभिड १९ संक्रमणबाट निधन हुने र कोरोना संक्रमितको संख्या तथ्यहीन देखिएको हो । जसका कारण एनआरएनए महासचिव हेमराज शर्माले सामाजिक संजाल फेसवुकमा समितिको रिपोर्ट राख्ने वित्तिकै डाटामा धेरैले प्रश्न उठाएका छन । समितिले बेलायतमा १७, अमेरिकामा ८, यूएईमा २ र आयरल्याण्डमा एक जनाको कोरोनाको कारण मृत्यू भएको जानकारी दिएको छ । बेलायतस्थित नेपाली राजदूतावासले शनिवार सम्म १६ जना मात्र मृत्यू भएको औपचारिक जानकारी दिएको छ ।


विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक र कुटनीति नियोग, एनआरएनएका शाखा तथा स्थानीय संघसंस्थाद्धारा प्राप्त सुचनालाई मूख्य आधारलाई मानेर सो आंकडा तयार पारिएको दावी गरेको छ । तर, कुन मुलुकमा को प्रतिनिधि डाक्टर छ भन्ने बारेमा स्वास्थ्य समितिले विस्तृत विवरण दिएको छैन । यूकेमा अहिले कति नेपाली कोरोनाबाट संक्रमित छन भन्ने कसैले अनुमान गर्न सकेको छैन । , कोरोना संक्रमणबाट बाहिर आएपछि मात्र सामाजिक संजाल वा साथीहरुसँग नेपालीहरुले आफ्नो स्वास्थ्य स्थितिको बारेमा कुरा गरेकाले संख्या निकाल्न सकिदैन । त्यस्तै, अमेरिकामा कति संक्रमित छन भन्ने अनुमान लगाउन निकै मुस्किल छ । तर, एनआरएनए स्वास्थ्य समितिको रिपोर्टलाई कसैले पत्याउदैन । एनआरएनए अभियन्ता र स्वास्थ्यकर्मीले स्वास्थ्य समितिको रिपोर्टलाई हवादारी संज्ञा दिएका छन ।

स्वास्थ्य समितिको रिपोर्टमा नेपाल वाहेक संक्रमित हुनेहरु अमेरिकामा ७ सय, बेलायतमा २ सय, यूएईमा ७१, बहराइनमा ४९, आयरल्याण्ड २२ र पोर्तुगलमय २२, कुवेतमा २१, अष्ट्र्ेलियामा ११, स्पेनमा १०, स्विट्जरल्याण्डमा ५, जर्मनी, बेल्जियम र साउदी अरबमा चार। चार, क्यानडा र मलेसिया तीन। तीन माल्टामा दुई तभा फ्रान्स, जापान, म्यान्मा र हंडकड एक । एक जना रहेको छ ।

प्रतिक्रिया