२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

म्याग्दीकी एक महिलाको कोरोना संक्रमणबाट नेदरल्याण्ड्स्‌मा मृत्यु

1147 Shares
Spread the love

नेदरल्याण्ड्समा एक नेपाली महिलाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ।

नेदरल्याण्ड्सका बसोबास गर्ने ४० वर्षीय लक्ष्मी भट्टचनको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो।

थकाली समाज बेल्जियमका सचिव रोशन शेरचनका अनुसार म्याग्दीको बेनी घर भएकी भट्टचनको शनिबार निधन भएको हो।

नेपालसहित विश्वभरि बस्ने थकाली समुदायमा कोरोना भाइरसबाट ज्यान गुमेको यो पहिलो घटना रहेको जानकारी सचिव शेरचनले दिएका छन् ।

प्रतिक्रिया