२०८२, २९ बैशाख सोमबार
×

ट्रेन्डिङ

बेलायतमा कोराना संक्रमणबाट चार्टर्ड अकाउन्टेण्ट श्रेष्ठको निधन

3524 Shares

लन्डन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट साउथ इस्ट लन्डनमा एक जना चार्टर्ड एकाउटेन्टको निधन भएको छ ।

उच्च ज्वरो र खोकीसहित श्वास प्रश्वासमा मुस्किल भएपछि १० दिनअघि सेन्ट थोमस अस्पताल लण्डनमा भर्ना भएका ध्रुवकुमार श्रेष्ठको शनिवार राति १२ बजे निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

मधुमेहका सामान्य विमारी रहेको श्रेष्ठ लण्डनमा आफ्नै एकाउन्टेन्सी फर्म सन्चालन गर्दै आएका थिए ।

पोखरा स्थायी घर भएका ४६ वर्षीय श्रेष्ठका श्रीमती  दुई छोरी र एक छोरा छन् । उनले नेपालबाट आमा र वुवालाई बेलायत घुम्न ल्याएका थिए । अहिले दुवै जना बेलायतमै छन ।

उनी दक्षिण पूर्वी लण्डनको लामो समय उलीचमा बसोबास गर्दै आएका थिए । भर्खरै उनी वेक्लीहिथमा सरेका थिए ।

WeNepali.Com

प्रतिक्रिया