२०८१, ७ असार बिहीबार
×

ट्रेन्डिङ

शेष घलेले दिए अष्ट्रेलियामा १२ करोड २३ लाख सहयोग : नेपाललाई जम्मा ५ लाख

1214 Shares

लण्डन । विश्वका धनीको सूचीमा रहेपछि नेपालका लागि सहयोग नगरेको आलोचना भइरहेका बेला अष्ट्रेलियामा बस्ने नेपाली शेष घलेले उल्टै अष्ट्रेलियाकै लागि १२ करोड २३ लाख सहयोगको घोषणा गरेका छन् । उनले १० लाख अष्ट्रेलियन डलर अर्थात आजको डलरभाउ अनुसार १२ करोड २३ लाख सहयोग दिने घोषणा गरेका हुन् । उनले मेलवर्न इन्सिच्युट अफ टेक्नोलोजी (एमआइटी) मा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीका लागि १० लाख डलरको सहयोग कोष घोषणा गरेका हुन् ।

सिड्नी र मेलवर्नको एमआइटीमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीका लागि उनले सो कोषको घोषणा गरेका हुन्। यद्यपी यो कोषको रकम घलेको एमआइटी कलेजमा पढ्ने नेपाली लगायत सम्पुर्ण विदेशी विद्यार्थीका लागि राहतस्वरुप उपलव्ध हुनेछ। करिब चार हजार विद्यार्थी घलेको एमआइटीमा अध्ययनरत छन्। फेडरेसन विश्वविद्यालयअन्तर्गत अध्यापन हुने एमआइटीमा कम्तीमा पाँच सय नेपाली विद्यार्थी रहेको अनुमान छ।

कोरोनाका कारण काम गुमाएका विद्यार्थी र आर्थिक समस्याको मारमा रहेकालाई पाँच सय डलरसम्मको सहयोग गरिने एमआइटीले आफ्नो वेभसाइटमार्फत जनाएको छ। यसअघि पहिलो पटक एक्सपर्ट एजुकेशनले नेपाली विद्यार्थीलाई दुई लाख डलरको राहत कोष घोषणा गरेको थियो। अष्ट्रेलियाका एक सय धनी उद्योगीमध्ये घले कलेज र रियलस्टेटमा कहलिएका व्यवसायी हुन् ।

यस्तै उनले एनआरएनको कोरोना कोषमा ५ लाख नेपाली रुपैया दिएको जानकारी एनआरएनको फेसबुसमा पेजमा जानकारी दिईएको छ ।

प्रतिक्रिया