२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

एनआरएनए पूर्वअध्यक्ष शेष घलेद्वारा अस्ट्रेलियामा रहेका विद्यार्थीका लागि कोष स्थापना

1374 Shares
Spread the love

मेलवर्न । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घले र पत्नी जमुना घलेले अस्ट्रेलियामा कोभिड–१९ बाट पीडित विद्यार्थीका लागि १० लाख डलरको कोष स्थापना गरेका छन् । मेलवर्न र सिड्नीलाई आधारभूमि बनाएर स्थापना भएको मेलवर्न इन्स्ट्च्युट अफ टेक्नोलोजी (मिट) मा अध्ययन गर्ने विद्यार्थीका लागि उक्त कोषबाट सहयोग वितरण गरिनेछ ।

सन् १९९६ मा घले दम्पतीले स्थापना गरेको मिट चर्चित कलेज निजी हो । त्यहाँ पढ्ने विद्यार्थी संसारभरिका छन् । ४ हजारभन्दा बढी बहुसांस्कृति विद्यार्थीहरु मिट कलेजमा पढिरहेका छन् ।

अन्तर्राष्ट्रिय विद्यार्थीलाई सहयोग उपलब्ध गराउनका लागि हामीले सम्पूर्ण प्रकृया पूरा गरेका छौं, प्रमुख कार्यकारी अधिकृत डा. घलेले भने, ‘१० लाख डलरको कोष स्थापना गरेका छौं, सहयोगको आवश्यक भएका विद्यार्थीमा त्यो कोषबाट रकम खर्चिने छौं ।’

यसअघि एक्सपर्ट एजुकेशन एन्ड भिषा सेन्टरले आफ्ना विद्यार्थीका लागि भनेर २ लाख डलरको कोष स्थापना गरेको थियो ।

प्रतिक्रिया