२०८१, ७ असार बिहीबार
×

ट्रेन्डिङ

एनआरएन यूकेले राहत संकलन गरेर पनि नदिएको पिडित नेपाली विद्यार्थीहरुको गुनासो

1190 Shares

युरोप । जनवरी महिनामा उच्च शिक्षाका लागी बेलायतमा आएका विद्यार्थीहरु आफनो दुख पोख्दै लाईभमा आएका छन् । लन्डन देखी टाढा कलेज रहेको बताउने पवन शाह (नाम परिवर्तन) रहेका उनी आफ्नो कलेजमा रहेका सबै पिडित भएको बताउछन् ।

भर्खरै लन्डन आएका उनले यहाको वस्तुस्थिती बुझ्दै २ महिना बित्यो त्यसपछी कोरोनाले एक्कासी बेलायत पनी लक डाउन भयो हामीहरू कही कतै सम्पर्क गर्ने वातावरण बनेन , भएको पैसा पनी खाएर सकीयो अब नेपाल पनी लक डाउनले गर्दा घरबाट मगाउने स्थीती पनी रोकियो ।अफ्ठ्यारो स्थितीको सृजना भयो दुखेसो पोखे ,एनआरएनए यूकेले बेलायतका नेपाली कोरोना पिडीत विद्यार्थीहरुको लागी राहत कार्य संकलन गरेको भनेर सुनेको हु तर खै हामीले पाएका छैनौ पिडितले थपे ।

प्रवासमा नेपालीहरूको साझा संस्था भनिएको ग़ैर आवासीय नेपाली संघ यूकेले सहयोगको लागी भनेर ठुला ठुला बहस गरे पनी कार्यान्वयन नगरेको यसबाट स्पस्ट हुन्छ । पिडितको अड़ियो भिडियो सबै सुरक्षित राखीएको छ ।

उनलाई संकलित राहत 07413 991748 न मा सम्पर्क गरी वितरण गर्न र थप विद्यार्थीहरुको पनी जानकारी लिई बेलायतमा पिडामा परेका बिधार्थीहरूलाई केही भए पनी घाउमा मलम लगाउने काम गर्न एनआरएनए यूके लगायत बेलायतमा भएका संघ संस्था अनी नेपाली दुताबास समेतलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया