२०८१, ६ असार बुधबार
×

ट्रेन्डिङ

केन्ट कार काण्ड : कोरोनामा सामुदायिक सदभाब महत्वपुर्ण

904 Shares

लण्डन । कोरोना महामारीमा सामुदायिक सद्भाब महत्वपुर्ण रहेको बेलायतबासीहरुको  ठहर छ । तर यदाकदा केहि सामाजिक सद्भाव भड्काउने खालका अपराधिक गतिबिधिहरु देखा पर्ने गरेका छन् । त्यस्तै घटना केहि दिन अघि लण्डन नजिकै केन्टको मेडिस्टोनमा घटेको छ । यधपी उक्त घटनाको स्थानीय प्रहरीले गम्भीरता र प्राथमिकताका साथ अनुसन्धान गुरु गरेको छ ।

मेडिस्टोनमा बुधबार राति नेपालीहरुको पार्किङ गरिराखेको कारमा आगो लगाई जलाइएको थियो । त्यसमध्ये एक पूर्व गोरखा सैनिक परिवारको हो । परिवारले सो घटनालाई कोरोनासित गाँसिएको जातिय घृणा हुनसक्ने आशंका गरेका छन् । केन्ट अनलाइनका अनुसार राति करिब ११ बजे घर बाहिर विष्फोटको आवाज सुनेपछि बाहिर निस्केर हेर्दा परिवारका सदस्यहरुले आफ्नो कार जलिरहेको पाएका थिए ।

घटनापछि पूर्व गोरखा सैनिकको परिवार थप आक्रमण हुनसक्ने डरले भयभीत भएको पनि केन्ट अनलाइनले समाचारमा उल्लेख गरेको  छ ।

मेडिस्टोनको एम्स्टोन लेनमा भएको सो घटनामा पूर्व गोरखा सैनिक रामकुमार लिम्बुको कारमा क्षति पुगेको थियो भने त्यसको एक घण्टापछि नजिकैको फान्ट लेनमा अर्को कार पनि जलेको पाइएको थियो । दुवै कार नेपालीहरुको भएकाले स्थानीय नेपाली समुदायमा आशंका र त्रास  उत्पन्न भएको छ। केन्टका अग्नी नियन्त्रकहरुले पहिलो घटनालाई नियन्त्रणमा लिएको एक घण्टा नबित्दै अर्को कारमा लागेको आगो फेरी दोस्रोपटक आएर निभाउनु  परेको थियो ।

लिम्बुका छोरा मिलन लिम्बुले विष्फोट सुनेपछि राति  कसले आतसबाजी गर्यो होला भन्ने लागेकाे र आफूहरुको कार जलिरहेको देखेपछि वरिपरि छरछिमेक, प्रहरी, बारुणयन्त्र सबैलाई खबर गरेको बताए । केन्ट अनलाइनले पिडित लिम्बुकी भतिजीलाई उद्धृत गर्दै कोरोना भाइरसको महामारी शुरु भएपछि सो क्षेत्रमा नेपालीप्रति जातीय द्वेष बढेको पाइएको उल्लेख गरेको छ । उनले बुबालाई किनमेलका लागि निस्कँदा पनि सुरक्षित रहन सल्लाह दिने गरेको बताएकी छिन् । आफू पनि एक घण्टा हिँड्न बाहिर निस्कँदा “चाइनिज तिम्रो देश जाउ “, “चमेरा खान छोड” भनिने गरेको अनुभव उनले सुनाएकी छिन् । उनले आगजनीको त्रासका कारण अब कार आफ्नो घरमा नराखी अन्यत्र राख्ने योजना बनाएको पनि केन्ट अनलाइनले उल्लेख गरेको छ ।

यस अघि पनि बेलायतका विभिन्न स्थानहरुमा चाइनिज , मंगोलियन अनुहारका मानिसहरुलाई “कोरोना भाइरस ” भनी गिज्याउने र भौतिक आक्रमण भएका घटनाहरु सार्बजनिक भएका थिए ।

सामुदायिक सदभाब महत्वपुर्ण : काउन्सिलर खडका

नो

काउन्सलिर खड्काले केन्ट पुलिसले उक्त छेत्रमा सादा पोशाकमा गुप्तचर प्रहरी व्यापक रुपमा परिचालित गरेको बताए । साथै उक्त घटनाबाट नआत्तिन र निर्बाध रुपमा सपिङ्ग लागायतका सरकारको लक्डाउनको नियम भित्रका कार्यहरु गर्न समेत सुझाब दिए । सो घटना कोरोना भाइरसको महामारीपछि उत्पन्न जातीय घृणाको उपज हुनसक्नेआशंका ब्यक्त गर्दै केही सीमित मानिसहरुले यस्ता महामारीको दोषारोपण कुनै समुदायमाथि गर्न प्रयास गर्ने र दुर्व्यबहारका घटना युकेमा रहेका नेपालीहरुमाथि हुनसक्ने भएकाले सजग हुनुपर्ने पनि सुझाव दिए । 

पत्रकार बिपिन निरौलासंग कुरा गर्दै मेडिस्टोनका नेपाली मूलका काउन्सिलर दिनेश खड्काले सो घटनाको केन्ट प्रहरीले अनुसन्धान गरिरहेको बताएका छन् । केन्ट प्रहरीको एउटा भोलुनटियर समितिमा समेत रहेका खड्काले सो घटना नेपाली समुदाय र मेडिस्टोनबासीकै लागि दुखद भएको बताए । यस्तो महामारीको बेलामा सबै मिलेर एकसाथ काम गर्नुपर्ने र एकले अर्कालाई सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

आफू मेडिस्टोनमा साढे १९ वर्ष बस्दा नेपाली समुदायलाई लक्षीत गरेर यसअघि यस्तो जातिय घृणाको घटना नभएको उनले बताए । घटनाका बारेमा जानकारी हुनासाथ काउन्सिल लिडर तथा केन्ट प्रहरीलाई जानकारी गराएको र नियमित अनुगमन गरिरहेको पनि उनले बताए । यो घटनाको समाचार सार्वजनिक भएलगत्तै मेडिस्टोनबासीले यो घटनाले समग्र मेडिस्टोनबासीको नेपालीप्रतिको भावना प्रतिविम्वित गर्दैन भन्दै आश्वस्त बनाएको पनि उनले बताए ।

स्थानीय  मेडिस्टोन हस्पिटलमा  १ सय भन्दा बढी डाक्टर,नर्स  लागायतका स्वास्थ्यकर्मी र फ्रन्ट लाइनमा  काम गर्ने नेपालीहरु  रहेको र  मेडिस्टोनबासीहरुले यस्तो विषम परिस्थितिमा सेवा गर्ने उहाहरुलाई “हिरो ” को रुपमा हेर्ने गरेको पनि काउन्सलिर खड्काले बताए ।

बेलायत र विश्वमै बिरता र इमान्दारिताको लागि प्रख्यात नेपाली गोरखा सैनिक हरुको ब्यारेक रहनुका साथै पूर्व गोरखाहरुको पनि बाक्लो बसोबास छ । उक्त छेत्रमा करिब एक हजार भन्दा बढी नेपालीहरुको बसोबास रहेको खड्काले बताए ।

रेस्टुरेन्ट लगायतका विभिन्न ब्यबसाय गरेर बसेका नेपालिहरु पनि यस प्रकारको घटना कहिल्यै नघटेको बताउछन ।बिगत केहि बर्ष देखि सोहि छेत्रमा रेस्टुरेन्ट ब्यबसाय गरेर बसेका शंकर खरेल पनि मेडिस्टोनमा यो घटनाले सबै मेडिस्टोनबासीहरुलाई अचम्ममा पारेको बताउछन । नेप्लिज हेल्पिङ्ग ह्यान्ड्स नामको भाइबर ग्रुप बनाएर सुचना र जानकारी आदानप्रदान गरिरहेको र समस्यामा परेकालाई सहयोग समेत गरेको खरेलले बताए ।

प्रतिक्रिया