भोला लामिछाने , १६ अप्रिल २०२० / गएको चार दिनमा स्पेनमा ८७ जनाले खाद्यान्न राहत पाए सगै यहाका पिडामा परेका नेपाली समुदायको मुहारमा खुसी छाएको छ कोरोना महामारी बाट विश्व आकारान्त बन्दै गर्दा स्पेन पनी अछुतो रहेन । स्पेन लकडाउन सगै यहाका नेपालीहरू पनी घरभित्रै बस्न बाध्य बने तर केही मनकारीहरूका कारण आफ्नो पिडा भुल्न बाध्य पनी भए स्पेनवासी पिडीत नेपालीहरू , महिना दिन भै सक्दा पनी घरभित्रै छन् घर बाहीर निस्के पुलीसले फाईन गर्छ तर मनकारी समाजसेवीहरूका कारण राहत घरमै आउदा भने सबैको मुहार फरफुल्ल बनेको छ ।
NRNA (वान एनसीसी वान ) प्रोजेक्टद्वारा स्पेनका कोरोना पिडितलाई ५०० यूरो बराबरको खाद्यान्न चामल सहयोग , यूरोपको जर्मनीबाट दिलु गुरूडको ६०० यूरो खाद्दन्न [चामल] सहयोग , बेलायतबाट कुल आचार्य द्वारा ५०० यूरो बराबरको खाद्यान्न राहत सहयोग , बेल्जियमको लुभेनमा बसोबास गर्दै आएका लोक बहादुर राना मगरको १५५ यूरो वराबरको खाद्यान्न सहयोग , स्पेन बाट सुबु शाही द्वारा ५० यूरो बराबरको खाद्यान्न सहयोग सगै सबै पिडितहरू खुसी भएका हुन्
उक्त राहतमा एकरूपता ल्याईएको छ । ८७ जनाले १५ किलो चामल का दरले सुपर वास्मती चामल राहत पाएका हुन् । सबै सहयोगी दाताहरूको सहयोग बार्सिलोनामा आफै खटिएर वितरण समेत गरिसकीएको संयोजक सन्त बहादुर क्षेत्रीले बताएका छन् । लक डाउनको अवस्थामा राहत वितरणमा निकै कठीनाई आए पनी हामी ले संयमीत भएर स्पेन पुलीसको अनुमतीमा पिडितको हातैमा राहत बितरण गर्न पायौ खुसीको कुरा रहेको बताए ।
हामीले पिडीत हरूले राहत विवरण लिएको अवस्थको फोटो भिडियो लिएका छौ तर धेरैजसो पिडितहरूले आफ्नो नाम भिडियो फोटो मिडियामा सार्वजनिक गर्ने भए राहत नलिने बताएसगै सबै पब्लिक गर्न असमर्थता जनाएको ले गोप्य राख्ने निर्णय गरेका छौ ।
वास्तविक पिडित हो की होईन भनेर बारम्बार बिभीन्न ब्याक्ती मार्फ़त फ़ोन कल द्वारा बुझ्दै पिडीतका साथीहरू अनी घरभेटीहरू लगायत समाजका अगुवाहरू हरूको सहयोग सम्पर्कमा गरेको सुचनाको आधारमा वास्तविक पिडितलाई नै राहत दिएका हौ म्याड्डीड निवासी एन सी सी को [वान एन सी सी वान ] प्रोजेक्ट की सदस्य सुन्दरी लामा ले बताएकी छन् ।
बिल्बाउमा हाल सम्म कोरोना पिडित नभएको त्यहा बाट गंगा राम सापकोटाले बताएका छन् , कोही पिडीत भेटीएर सम्पर्क गरेको खन्डमा जानकारी गराउने सापकोटा ले वताएका छन् । आगामी दिनहरूमा यूरोपका अन्य देशहरूमा सहयोग गर्ने सोच बनाईएको वितरण संयोजक सन्त बहादुर क्षेत्रीले बताए ।