२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

नेपाली दूतावासको निर्णय एनआरएनए यूकेले नमान्ने : सहयोग आफै बाँड्ने एनआरएनएको ढिप्पी

1734 Shares
Spread the love

लण्डन । कोरोना भाइरस (कोभिड – १९) संक्रमणका कारण बेलायतमा खाना बस्न समस्या भोगिरहेका विभिन्न विश्वविद्यालयका विद्यार्थीहरु र केहि नेपालबाट आएका डाक्टरहरुलाइ सहयोग गर्न बेलायतस्थित आफुलाई छाता संगठन भन्ने एनआरएन युके लगायतका संघ सस्थाहरु सबै ‘तैँ चुप मै चुप’ को अवस्थामा रहेको गम्भीर अवस्था सिर्जना भएपछि विद्यार्थीहरुलाई सहयोग गर्ने जिम्मा दुतावासले मर्जिङ नेपसक्सलाई दिएको थियो ।

दुतावासका उपनियोग शरदराज आरणले एक साताअघि विज्ञप्तिमार्फत सहयोगका आग्रह गरेका थिए । तर एनआरएनए यूकेले नेपाली दूतावासको निर्णय लोपर्दै आफ्नो सम्पर्कमा आउनेहरुलाई आफै सहयोग बाँड्ने निर्णय गरेको हो ।

केहि सहयोगी मनहरुले निस्वार्थ रुपमाआफ्नै घरमा खान र बस्न दिएर उनीहरुलाई संकटको घडीमा ठुलो गुण लगाइरहेका छन् ।

आइतबार भिडियो कन्फरेन्समार्फत सम्पन्न कार्यसमितिको बैठकले एनआरएनए यूकेको गरिमा, कार्यक्षेत्र र सञ्जाललाई ध्यानमा राख्दै बेलायत स्थित सम्पूर्ण संघसंस्थालाई यस अभियानमा सहयोग र सहकार्यको लागि आव्हान गर्ने निर्णय भएको बैठकपछि महासचिव फडिन्द्र भट्टराईले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

विद्यार्थीहरुको सहयोगको लागि समन्वय गर्न उपाध्यक्षद्वय सुनिलबाबु खड्का र रोजिना प्रधान राईलाई जिम्मेवारी प्रदान गरिएकोमा यो विभागलाई अझै प्रभावकारी बनाउँदै एनआरएनए यूकेमार्फत दर्ता भएर आएका सबै विद्यार्थीहरुको आवश्यकता पहिचान गरी अत्यावश्यक सहयोग गरिने बताइएको छ ।

प्रतिक्रिया