२०८३, ८ आश्विन बिहीबार
×

ट्रेन्डिङ

नेपाली पत्रकार टोलीद्वारा सीआरआईको अवलोकन भ्रमण

4088 Shares
Spread the love

अखिल चीन पत्रकार संघको निमन्त्रणामा चीन भ्रमणमा आएको नेपाली पत्रकारको टोलीले सीआरआईको अवलोकन भ्रमण गरेको छ। नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टको नेतृत्वमा रहेको नेपाली पत्रकारहरुको टोलीले सोमबार बिहान सीआरआईको अवलोकन गरेको हो।

बिष्टले नेतृत्व गरेको नेपाली पत्रकारहरुको टोलीमा भूपेन्द्र आचार्य, दामोदर दवाडी,हरिप्रसाद लम्साल,ओमबन्धु कार्की र रामकृष्ण ज्ञवाली हुनुहुन्छ।

सीआरआई नेपाली सेवालाई अन्तर्वार्ता दिँदै टोलीका नेता विष्टले चीनको अभूतपूर्व विकास र प्रगतिबाट नेपालले फाइदा लिन सक्नुपर्ने बिचार व्यक्त गर्नुभयो। चीनको सामाजिक तथा आर्थिक विकासबाट विश्वले फाइदा लिएको भन्दै चीनले घनिभूत रुपमा सफल बनाएको गरिबी निवारणको अनुभव नेपालका लागि निकै काम लाग्ने विष्टले औँल्याउनुभयो।

सीआरआईको दोस्रो तलामा रहेको संचार संग्रहालयको अवलोकन गर्दै नेपाल पत्रकार महासंघको अग्रसरतामा नेपालमा पनि पुराना संचार सामग्री संकलन गरेर संग्रहालय खोल्ने महासचिव बिष्टले बताउनुभयो।

नेपाली पत्रकार टोलीले यस अगाडि छोङचिङको भ्रमण गरी त्यहाँ भइरहेको गरिबी निवारणको अवलोकन गरेको थियो।

प्रतिक्रिया