२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

यूकेमा कोरोनाबाटै अर्का एक नेपालीको निधन

1695 Shares
Spread the love

लण्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा अहिलेसम्म ७ नेपालीको निधन भइसेकेको छ । मार्चको पहिलो साता नातिको विवाहका श्रीमतीसहित बेलायत आएका बागलुङका कर्ण बहादुर केसी सामान्य रुपमा डाइरिया लागेको र खानाको स्वादको फरक महशुस हुन थालेपछि उनलाई लण्डनको नर्थवीक पार्क अस्पतालमा भर्ना गरिएको थियो ।

आईसीयूमा उपचार रहेकै अवस्थामा उनको मृत्यु भएको बताइएको छ । अस्पतालले उनको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी दिएको पारिवारिक स्रोतले जनाएको छ । घटनापछि परिवारका सबै सदस्य आइसाेलेसनमा रहेका छन् ।

प्रतिक्रिया