२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

एक महिनाको तलब कोरोना कोषमा जम्मा गर्ने नेपाली कांग्रेस सांसद बिजुला बर्माको घोषणा

1612 Shares
Spread the love

काठमाडौं । नेपाली काङ्ग्रेसको जुझारु नेतृ तथा बागमती प्रदेश सभा सदस्य बिजुला बर्मा राणाले आफ्नो एक महिनाको तलब रकम कोरोना कोषमा जम्मा गर्नु हुने भएको छ ।

नेपाल सरकारद्दारा कोरोना भाइरस विरुद्ध लडन गठित केन्द्रीय राहत कोषमा सो पैसा जम्मा गर्ने घोषणा गर्नु भएको छ।

संसद बिजुला बर्माले कोरोना भाइरस विरुद्ध लडनको लागि सबै जनताहरु नै एकजुट हुनुपर्ने भन्दै सबैले आ-आफ्नो ठाँउबाट सकेको सहयोग गर्नको लागि सबैलाई अनुरोध पनि गर्नु भएको छ ।

मन्त्रीपरिषदको आइतबार साझ बसेको बैठकद्वारा सुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गरेको थियो ।

त्यससँगै संसद बर्माले पनि आफू आफ्नो एक महिनाको तलब जम्मा गर्ने र देश तथा बिदेशमा बस्ने सम्पुर्ण नेपालीहरुलाइ एकजुट भएर अगाडि बढनको लागि सबैलाई अनुरोध पनि गर्नुभएको छ ।

हाम्रो नराम्रो कामको खबरदारी गर्न राम्रो काम र राम्रो कदमलाई सहयोग र साथ दिएर सबैको सामु पुर्‍याउन को लागि मिडियाकर्मी साथीहरूको साथ र सहयोगको अपेक्षा गरेका छौ ।

प्रतिक्रिया