२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

ब्लडमनी तिर्न नसक्दा यूएईमा फासी पर्खँदै तेह्रथुमका जोगी

2660 Shares
Spread the love

दोहा कतार । बैदेसिक रोगारीको सिलसिलामा बिगत छ बर्ष आघि   दुबई पुगेका तेह्रथुमका खड्गबहादुर जोगी भनेजस्तै काम पाएपछि खुशी थिए। उनलाई कम्पनीको इमानदार कामदारका रुपमा हेरिनथ्यो। उनले १० महिनामै ऋण पनि तिरे तर राम्रो कमाई गरेर परिवारलाई  सुखसँग राख्ने सपना भने पूरा हुन सकेन।

दुबई पुगेको १४ महिनापछि उनी जेल परे। व्यक्ति हत्या आरोपमा उनी जेल बसेको पाँच वर्ष भयो। दुबईको अल गर्फ डेभलेपमेन्ट कम्पनीमा कार्यरत उनी फिलिपिनी नागरिकको हत्या गरेको आरोपमा बिगत पाँच बर्षदेखि जेलमा छन् । ड्युटी जाने क्रममा उनीसँगै रहेका फिलिपिनी नागरिक गाडीबाट खसेको र कम्पनीका सुपरभाइजरको सहमति लिएर उनलाई अस्पताल लैजाँदै गर्दा घाइतेको मृत्यु भएको थियो । गाडीबाट झरेका घाइते व्यक्तिको ज्यान बचाउन खोज्दा–खोज्दै अस्पतालमा मृत्यु भएको र आफू निर्दोष रहेको बयान त्यहाँको अदालतमा पटक–पटक दिए पनि कुनै सुनुवाइ भएन जोगीले निराश हुदै टेलिफोन भने ।

आबुधाबीस्थित सेन्टर जेलमा थुनिएका उनलाई दुबई अदालतले ‘ब्लडमनी’का रूपमा ५७ लाख रुपैयाँ माग गरेको भतिज सुमन जोगीले जानकारी दिए । केही महिनाभित्र रकम जम्मा नगरे फासी सजाय समेत हुन सक्ने उनले बताए । दुई छोराछोरी, श्रीमती र आमा गरी ६ जना रहेको परिवारलाई ब्लडमनी जम्मा नगरे पति गुमाउनुपर्ने चिन्ताले सताएको उनकी श्रीमती डम्बाकुमारी जोगीले बताईन। गाउँघरमा बनिबुतो गरेर गुजारा चलाउँदै आएको जोगी परिवारलाई यति  रकम कसरी जुटाउने भन्ने चिन्ता छ।

५० वर्षीय जोगीलाई फासीबाट जोगाउन आर्थिक सहयोगका लागि सबैसँग याचना गरिएको भतिज सुमनले बताए। चाडै खड्गबहादुर जोगी बचाउ अभियान सञ्चालन गर्न लागिएको समेत उनको भनाइ छ।

प्रतिक्रिया