२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

नेविसंघद्वारा मास्क र स्यानेटाइजर वितरण

2264 Shares
Spread the love

काठमाडौं । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १० औँ स्मृति दिवसका अवसरमा माक्स र स्यानेटाइजर वितरण गरिएको छ । नेपाल विद्यार्थी सङ्घ स्याङ्जा–काठमाडौँ सम्पर्क समितिले शुक्रबार बानेश्वर चोकमा दुई हजार ५ सय माक्स र ५० स्यानेटाइजर वितरण गरेको हो ।

कार्यक्रममा नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सेनाले विश्वव्यापीरुपमा फैलँदै गएको कोरोना भाइरसबारे नेविसंघले देशभर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए। “कोरोनाको बारेमा सचेतना प्रदान गर्न नेविसङ्घ देशभरका सम्पूर्ण विद्यालय र क्याम्पसमा पुग्छ”, उनले भने ।

नेविसंघका अर्का महामन्त्री युवराज पाण्डेले कोरोनालाई देखाएर बजारमा अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गर्न नहुने बताए। “दुःखको बेला हातेमालो गरेर अगाडि बढ्नुपर्छ, कृत्रिम अभाव सिर्जना गर्नेलाई सरकारले तत्काल कारबाही गर्नुपर्छ”, उनले भने ।

नेविसंघ स्याङ्जा–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष इञ्जिनीयर दीपेन्द्र क्षेत्रीले बजारमा अत्यावश्यक सामग्रीको अभाव हुँदै गएका बेलामा थोरै भए पनि रोकथामका लागि सहयोग पु¥याउने उद्देश्यले माक्स वितरण समारोह आयोजना गरिएको बताए। नेविसंघ केन्द्रीय समितिले स्व कोइरालाको दशौँ स्मृति दिवसका अवसरमा शुक्रबार साँझ २५ जनाभन्दा धेरै मानिस जम्मा नभई देशभरका जिल्ला तथथा क्याम्पस समितिलाई दिप प्रज्वलन गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया