२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

नेपाल प्रेस युनियनको नवौं महाधिवेशन स्थगित

958 Shares
Spread the love

काठमाडौं । नेपाल प्रेस युनियनको बिहिबार बसेको सचिवालय बैठकले यही चैत २१ र २२ गते हुने भनेको नवौं महाधिवेशन स्थगित गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसका कारण सरकारले गरेको निर्णय, डब्लुएचओले गराएको सचेतनालाइ मध्यनजर गरेर महाधिवेशन स्थगित गर्ने निर्णय गरेको प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिए ।

उनले भने, “अर्को मिति तय गरिएको छैन । कोरोनाको त्रास साम्य भएपछि बस्ने सचिवालय बैठकले महाधिवेशनको नयाँ मिति तय गर्छ ।”

प्रतिक्रिया