2894
Shares
काठमाडौं । चीनको तातोपानी नाका फेरि बन्द भएको छ । दसैंको मुखमा नाका सुनसान रहेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
पहिरोका कारण नाका बन्द भएको हो । समाचारअनुसार, चीनको न्यालमदेखि खासाको रमितेसम्म सडक भासिएको छ ।
भासिएको सडक मर्मतको काम हुँदैछ । सडक मर्मत नसकुञ्जेलसम्म सवारी आवागमन बन्द रहनेछ ।
सडक मर्मतको काम सक्न कम्तीमा पनि सात दिन जति लाग्नसक्ने समाचारमा उल्लेख छ ।
यसअघि २०७२ को विनासकारी भूकम्पपछि चीनले यो नाका बन्द गरेको थियो ।