1524
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना मसिना काममा अल्झिएर राष्ट्रिय गौरवका आयोजनाहरु पूरा गर्न आलटाल गरे विभागीय मन्त्रीलाई हटाउने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साउनयता सरकारका विभिन्न मन्त्रालयबाट भएका कामको प्रगती विवरण जानकारी लिने क्रममा योजनाअनुसार काम नगर्ने नगराउने मन्त्रीलाई हटाउने चेतावनी दिएका हुन् ।
आर्थिक विकासमा प्रभाव पार्ने गरी केही मन्त्रालयले काम गर्न नसकेको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि पोखेको समाचार आजको नागरिक दैनिकले छापेको छ ।