1411
Shares
नेपाली कांग्रेसको कार्यक्रमको सिलसिलामा दाङ पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले भन्दैमा लोकतन्त्र कसरी खतरामा पर्छ ? २००७ सालदेखि अहिलेसम्म नेपाली कँंग्रेसले प्रजातन्त्र जोगाएको इतिहास छ भनेर बदाबी गरे ।
देउवाको भाषण त्यतिकैमा सकिएन । उनले चर्को स्वरमा भने, राजा फर्काउँछु भन्ने मुर्ख हुन् । जनताको त्यत्रो बलिदानीबाट फालिएको राजतन्त्रलाई कुन शक्तिको बलमा फर्कान्छ ? माही मान्दैनौं । दर्शकदीर्घामा बसेका कांग्रेसका कार्यकर्ताले ताली ठोके ।
केही कानेखुशी गर्दै भने– त्यतिबेला प्रजातन्त्रलाई दरबारमा बmुझाउने यिनै देउवा होइनन् ? अहिले बडो चर्को कुरो गर्दोरहेछ । कसो रामचन्द्र पौडेलज्यू ?
यो जानकारी आजको दृष्टि साप्ताहिकको ‘बक्रदृष्टि’ बाट ।