२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

जसले चिनाए नेपाली फुटबल

2051 Shares
Spread the love

सन् ८० को दशकसम्म नेपाली फुटबल टिमलाई देश बाहिर खेल्दा के कस्तो हुन्छ भन्ने पटक्कै थाहा थिएन। ‘कुवाको भ्यागुतो’जस्तो अवस्थाको नेपाली फुटबललाई आधुनिकतातर्फ डो¥याउने श्रेय जान्छ, जर्मन प्रशिक्षक रुडी गुटनडर्फलाई।

आधुनिक नेपाली फुटबलका पिता यिनै गुटनडर्फको आइतबार ९३ वर्षको उमेरमा निधन भयो। नेपाली फुटबल जगतले उनको गुन कहिले बिर्सने छैन। यो खबर आजको कान्तिपुरमा हिमेशरत्न वज्राचार्यले लेखेका छन्।

सन् १९८२ मा भारतको नयाँदिल्लीले एसियाली खेलकुदको आयोजना गरेको थियो। त्यो नै नेपाल सहभागी पहिलो औपचारिक प्रतियोगिता हो।

त्यसैका लागि भित्रिए गुटनडर्फ पनि। ‘आधुनिक फुटबल कसरी खेलिन्छ भन्ने हामीले गुटनडर्फबाटै सिक्यौं। हामीले पहिलोपल्ट उहाँकै मुखबाट सुनको थियौं, अभोरल्याप,’ त्यो समयका नाम कहलिएका खेलाडी धीरेन्द्र प्रधान भन्छन्, ‘त्यो अगाडिसम्म डिफेन्डरको काम पेनाल्टी एरियाकै वरिपरि मात्र हुन्थ्यो।’

प्रतिक्रिया