२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

७३८ पटक बलात्कार गरेको आरोपमा एक नेपालीलाई अमेरिकामा ३३८ वर्ष जेल सजाय

2290 Shares
Spread the love

काठमाडौं – अमेरिकामा नेपालीहरु संलग्न अपराधका घटना निरन्तर बढिरहेका छन्। नेपालीहरु पक्राउ परेका अधिकांश घटना यौन र अपराधसँग जोडिएका छन्।

यस्तै ७०० भन्दा बढी पटक बलात्कार गरेको अभियोगमा ३३८ वर्ष जेल सजाय काटिरहेका नेपाली पनि अमेरिकी जेलमा छन्। उनी हुन्, जनकपुरका अजयकुमार देव।
अजय पेशाले साक्रामेन्टोस्थित खानेपानी संस्थानका इन्जिनियर थिए। उनीमाथि आफ्नै धर्मपुत्री २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोप लागेको छ। त्यो पनि एक या दुईपटक हैन। पाँच वर्षदेखि हरेक साता तीन पटकसम्म। पाँच वर्षमा बलात्कृत भएको गणना गर्दा ७३८ पटक। र, यही मुद्दामा सन् २००९ मा क्यालिफोर्नियाकै स्थानीय जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै ३३८ वर्ष जेल सजाय सुनाएको छ ।

प्रतिक्रिया