२०८१, ४ माघ शुक्रबार
×

ट्रेन्डिङ

कुवेत र इराक जाँदै गरेका १६ जना नेपाली युवतीको दिल्लीबाट उद्धार

2434 Shares

दिल्ली महिला आयोगले भारतको राजधानी नयाँ दिल्लीको मुनिरका क्षेत्रबाट १६ नेपाली युवतीको उद्धार गरेको छ । आयोगकी अध्यक्ष स्वाती मलिवालको नेतृत्वमा गएको टोलीले मंगलबार राति ती युवतीको उद्धार गरेको हो ।

मुनिरका क्षेत्रको एउटा घरमा थुनेर राखिएका ती नेपाली युवतीहरूलाई अवैध बाटो भएर कुवेत र इराक पठाउने तयारी भइरहेको थियो । अध्यक्ष स्वातीले यसअघिसमेत मानव तस्करहरूले सात युवतीलाई दिल्ली हुँदै बाहिर पठाएको बताएकी छन् ।

उद्धार गरिएका युवतीहरूको नाम ठेगाना खुल्न सकेको छैन । अहिले उनीहरूलाई आयोगको रोहबरमा राखिएको छ । भारतीय प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया