२०८०, १५ मंसिर शुक्रबार
×

ट्रेन्डिङ

६९ कामदार नेपाल फिर्न पाएनन्

1881 Shares

काठमाडौं – यूएइस्थित एड्भान्स मानेजमेन्ट सर्भिसेज कम्पनीले करार अवधि सकिइसकेका ६९ नेपालीलाई स्वदेश पठाइएको छैन । कम्पनीले भिषा रद्द गर्न नसक्दा कामदार फर्कन नपाएका हुन् ।

आफूहरुलाई तीन महिनादेखि क्याम्पमै राखिएको पीडित नेपाली कामदार बताउँछन् । उनीहरुलाई काममा समेत लगाइएको छैन ।

पीडितले दुई महिनादेखि नै दूतावासलाई अनुरोध गर्दै आएको बताएका छन् । तर दूतावासले कम्पनीबाट पाउने सुविधा दिलाएर स्वदेश पठाउन समन्वय भइरहेको जनाएको छ । आजको कान्तिपुर दैनिकले समाचार छापेको छ ।

प्रतिक्रिया