1960
Shares
काठमाडौं । अस्ट्रेलियामा श्रमिकलाई शोषण गरेको आरोपमा दुई जना नेपाली पक्राउ परेका छन् । अस्ट्रेलियन प्रहरीले दुवै जनालाई अस्ट्रेलियाबाट बाहिरिन लाग्दा नियन्त्रणमा लिएको थियो ।
पश्चिम अस्ट्रेलियाको उत्तरी क्षेत्रमा पर्ने कुनुनुर्रा क्षेत्रबाट सिमावर्ती प्रहरी एपिएफले उनीहरुलाई नियन्त्रणमा लिएको जनाईएको छ । पक्राउ परेका दुवै पुरुष नेपाली हुन् । उनीहरुको नाम भने खुलाईएको छैन ।
विशेष गरि विदेशी कामदारमाथी श्रम श्रोषण गर्नेमाथी स्थानीय प्रहरीले अप्रेसन नै चलाएको जनाईएको छ । अस्ट्रेलियामा रहेका अवैध कामदारलाई थोरै पैसा दिएको र दुर्व्यवहार गरेको पक्राउ परेकामाथी आरोप छ ।
संगठित प्रवेशाज्ञा ठगीको हकमा १० वर्षसम्म कैद तथा दुई लाख डलरसम्म जरिवाना हुन सक्ने छ । संस्थागत हकमा भने १० लाख ५० हजार डलरसम्म जरिवाना हुन सक्ने जनाईएको छ ।