
अष्ट्रेलिया । अष्ट्रेलियामा एक २९ वर्षिय युवालाई बलात्कार गरेको आरोपमा ६ वर्ष ६ महिनाको जेल सजाय भएको छ ।
आफ्नै महिला साथीलाई नाइट आउटमा बलात्कार गरेको आरोप पुष्टि भएपछि अष्ट्रेलियाको एक अदालतले दोषी ठहर गर्दै सजाय सुनाएको हो ।>इन्द्र भण्डारी नाम गरेका ती युवा एक कफी सपमा काम गर्दै आइरहेका थिए । अष्ट्रेलियामा वर्किङ भिषामा काम गरिरहेका उनले २३ वर्षिय आफ्नै महिला साथीको बलात्कार गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
सन् २०१७ को मार्च महिनामा नाइट आउटबाट घर फर्किएपछि इन्द्रले ती युवतीको बलात्कार गरेका थिए । भण्डारी र ती युवतीले पवमा ड्रिक्स लिएको तथा पछि किस समेत गरेको थिए ।
अदालतमा दिएको बयान अनुसार जब ती युवा युवतीको घरमा पुगे तब सामान्य कपडा फेर्ने काम उनले गरिरहेकी थिइन् । त्यसपश्चात भण्डारीलाई काउचमा सुत्न उनले अनुमति दिएकी थिइन् भने आफु अलग्गै काउचमा सुत्न गएकी थिइन् ।
भण्डारीलाई अर्को दिन सोही स्थानमा काम गर्न जानु पर्ने भएका कारण ती युवतीले बास दिएकी थिइन् ।
तर, बलात्कार पुर्व जब उनी झल्लास हुँदै उठिन् भण्डारीले उनलाई यौन दुराचार गरिरहेको पाइन् ।
काउन्टी कोर्ट अफ भिक्टोरिया जज रिचार्ड स्मितका सामु ती युवतीले दिएको बयानमा भनेकी थिइन्, मेरो प्रमाण भनेको म स्तब्ध थिए । के गर्ने मैले केही मेसो पाइन ।
अदालतमा दिएको बयान अनुसार पिडित महिला भयमा बाच्दै आइरहेको र अन्जान व्यक्तिसँग बोल्नै नसक्ने अवस्थामा रहेकी छन् ।
चुम्बनलाई समेत सहमतिको रुपमा व्याख्या गर्न मिल्दैन जज स्मितले काउन्टी कोर्टमा भण्डारीलाई भने ।
तिमीले यो दुश्कर्म उ निदाएको अवस्थामा गर्रौ । तिम्रा यी गतिबिधिहरु सबै नियोजित र नियतबस थिए । स्मितले थप्दै भने । तर, भण्डारीले आफुले बलात्कार गरेको अरोप भने स्वीकारेनन् ।
जजका अनुसार उनलाई प्यारोल चारवर्षपछि मात्र दिनमिल्ने बताए । उनले सजाय भोगेपछि डिपोर्ट गर्ने समेत बताइएको छ ।