लिस्बन । नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति पोर्चुगलको पाचौ अधिबेशन नजिकिदै गर्दा पोर्चुगलमा रहेका कांग्रेसजनहरूबीच चुनावी सरगर्मी बढेको छ ।
समितिको अधिबेशन यही जुलाई २२ तारिखका दिन राजधानी लिस्बनमा हुदैछ । अधिबेशन नजिकीदै गर्दा आगामी नेतृत्वलाई लिएर काँग्रेसजनमा चुनावी चर्चा र भेटघाटले तिब्रता पाएको छ ।
बिगतमा सहमतीमै नेतृत्व चयन हुदै आएको समितिमा यसपटक भने चुनाव हुने संभावना देखिएको छ । तथापी सर्वसम्मतीको प्रयास भने जारी रहेको बताइएको छ । अबको नेतृत्व कस्तो आउने भन्ने बिषयले पोर्चुगलमा रहेका कांग्रेसजनहरुबिच बिशेष चर्चा पाएको छ ।
स्थापनाकाल देखि नै सहमतीमै नेतृत्व चयन हुंदै आएको समितिमा यसपटक भने धेरै आकाँक्षी देखिएका कारण पनि अधिबेशनले थप चर्चा पाएको हो । नेतृत्वका लागि आकांक्षी धेरै देखिएपनि अन्ततः सहमतीमै नेतृत्व चयन हुने जनसम्पर्कका स्थानीय नेताहरु बताउँछन् ।
यता निर्बाचन समितिले तय गरेको निर्बाचन कार्यतालिका अनुसार निर्बाचनका कार्यक्रम अघि बढिरेहेको निर्बाचन समितिका संयोजक अशोकचन्द्र घिमिरेले जानकारी दिए । प्राप्त जानकारी अनुसार सभापति सहितका पदाधिकारी र कार्यसमिति सदस्य गरि कुल १७ पदका लागि ३३ जनाको उम्मेदवारी परेको छ ।
नयां नेतृत्व चयनका लागि सहमतीको प्रयास जारी राखेको भन्दै निर्बाचन समितिले उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छैन । आकांक्षीहरुबिच सहमती नभएको खण्डमा भने निर्बाचन कार्यतालिका अनुसार आउंदो शनिबार नै नयां कार्यसमितिका लागि निर्बाचन हुनेछ ।
समितिको आगामी नयां नेतृत्वका लागि तीन जनाबिच प्रतिस्पर्धा हुने भएको छ । सभापतिका लागि बर्तमान उपसभापति शुशिल शर्मा गैह्रे, बर्तमान महामन्त्री बिनोद घिमिरे र पूर्व उपसभापति राजकुमार गौतमको उम्मेदवारी परेको हो ।
शर्मा लगातार दुई कार्यकाल उसपभापति र घिमिरे लगातार दुई कार्यकाल महामन्त्रीका रुपमा क्रियाशील छन् । शर्मा, घिमिरे र गौतम तीनै जना पूर्व बिद्यार्थी नेता हुन् । नेबिसंघबाट राजनिती शुरु गरेका शर्मा नवलपरासीका हुन् भने घिमिरे अर्घाखांची र गौतम काभ्रेका हुन् ।
यस्तै तीन उपसभापतिका लागि आधा दर्जन भन्दा बढीले उम्मेदवारी दिएका छन् । महामन्त्रीमा चार जना र दुई सह–महामन्त्रीका लागि भने दुई जनाकै उम्मेदवारी परेको बताईएको छ । कोषाध्यक्षमा २ जनाको उम्मेदवारी परेको छ भने ९ कार्यसमिति सदस्यका लागि १३ जनाको उम्मेदवारी परेको जानकारी प्राप्त भएको छ ।
पोर्चुगलमा सन् २००६ मा स्थापना भएको समितिमा दुई कार्यकाल पूर्ण हमाल सभापति भएका थिए भने पछिल्लो दुई कार्यकाल अर्थात् हाल लक्ष्मी प्रसाद सापकोटा सभापति रहेका छन् । एक थरि सहमतीमै नेतृत्व चयन हुने आंकलन गरिरहेका छन् भने अर्काथरि निर्बाचन बाटै नेतृत्वको टुङगो लाग्ने बताईरहेका छन् । यता पूर्वसभापति तथा समितिका अग्रजहरु भने सहमतीमै नेतृत्व चयन हुने बताईरहेका छन् ।
सहमतीमै नेतृत्व चयनका लागि आन्तरिक छलफल र गृहकार्य भईरहेको बताईएको छ । स्थापना कालदेखि सहमती मै नेतृत्व चयन हुदै आएको संगठनमा आपसी समझदारीबाटै समितिको नेतृत्व सहमतीमै टुङगो लाग्ने सँस्थापक सभापति पूर्ण हमालले बताए । संगठनको हित र आन्तरिक एकताका लागि पनि सहमती मै नेतृत्व चयन गर्नुपर्ने हमालको धारणा छ ।
महासमिति सदस्य चिज कुमार तामाङले सहमतीमै नेतृत्व चयनका लागि आन्तरिक छलफल चलिरहेको बताए । आकांक्षी धेरै देखिएपनि अन्ततः सहमतीमै नेतृत्व चयन हुने तामाङको बिश्वास छ ।
यसैबिच सहमतीको पहलका लागि सभापति लक्ष्मी प्रसाद सापकोटाको संयोजकत्वमा ५ सदस्यीय समन्वय समिति गठन गरिएको छ । सहमतीमै नेतृत्व चयनका लागि कार्यदलले अधिक्तम पहल गर्ने सभापति सापकोटाले बताए । सहमतीका लागि आन्तरिक छलफल र गृहकार्य जारी रहेकोले सहमतीमै नेतृत्व चयन हुने सम्भावना रहेको उनको भनाइ छ ।
अधिबेशनले आगामाी २ बर्षे कार्यकालका लागि २१ सदस्यीय नयां कार्यसमिति चयन गर्नेछ ।