992
Shares
अस्ट्रेलिया । आप्रवासीहरुप्रति कडा नीति लिन थालेपछि यसवर्ष अस्ट्रेलियामा आप्रवासीको संख्या घट्न थालेको छ।
अस्ट्रेलियाको सरकारले पछिल्लो तथ्यांकअनुसार गत वर्षको तुलनामा यहाँ प्रवेश पाउने आप्रवासीको संख्यामा १० प्रतिशतले अर्थात करिब २१ हजारले कमी आएको हो।
अस्ट्रेलियामा यसवर्ष करिब १ लाख ६३ हजारले मात्र प्रवेशको अनुमति पाएका छन्। गतवर्ष करिब १ लाख ८४ हजारले आप्रवासीका रुपमा प्रवेशको अनुमति पाएका थिए।