२०८१, ६ चैत्र बिहीबार
×

ट्रेन्डिङ

लन्डनमा चार्ल्टन समाजको बारबीक्यू कार्यक्रम हुदै

1446 Shares

लण्डन । चार्ल्टन नेपाली समाजले हरेक वर्ष गर्दै आएको समर बारबीक्यू कार्यक्रम यहि जुलाई २२ मा आयोजना हुंदैछ ।

चार्ल्टनस्थित मेरिडियन स्पोर्ट क्लबको मैदानमा बिहान ११ बजेदेखि सांझ ८ बजेसम्म कार्यक्रम तय भएको सो कार्येक्रम  विगतमा जस्तै यस वर्ष पनि विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुसहित यो कार्यक्रम गर्न लागिएको समाजका अध्यक्ष टंक कंडेलले जानकारी दिए ।

चार्ल्टन समाजको कार्येक्रमहरुमा खानाको राम्रो व्यवस्थापन गर्दै आएका  रेष्टुरेन्ट व्यवसायी भोजराज कंडेललाई यसपटक पनि खाना उपलब्ध गराउने जिम्मेवारी दिइएको छ ।

कार्यक्रममा सहभागिताका लागि ५ वर्ष मुनिकालाई निशुल्क, ५ देखि १० वर्ष सम्मका लाई ५ पाउण्ड तथा १० वर्ष माथिकालाई १२ पाउण्डको टिकट राख्ने निर्णय गरिएको छ ।

कार्यक्रमस्थलमा आफनो व्यवसाय तथा विभिन्न सेवामुलक कार्यक्रमको प्रचारप्रसारको लागि स्टल राख्न ईच्छुकहरुलाई २० पाउण्डको शुल्क लिएर ठाउं उपलब्ध गराइने भएको छ ।

कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न ईच्छा राख्ने बालबालिकाहरुको लागि सम्बन्धित बाबुआमाहरुलाई आयोजकसंग सम्पर्क राख्न आग्रह गरिएको छ ।

बैठकले समाजले हरेक वर्ष गर्दै आएको तीज विशेष कार्यक्रम अगस्ट २२ का दिन आयोजना गर्ने निर्णय समेत गरेको छ । समाजका अध्यक्ष टंक कंडलेले कार्यक्रममा सहभागिताका लागि सम्पुर्ण साउथ ईस्ट लण्डनबासी नेपालीहरुलाइ अपील गरेका छन् ।

कार्यक्रम हुने स्थानको विवरण यसप्रकार छ :
Meridian Sports & Social Club
Charlton Park  London
SE7 8QS

प्रतिक्रिया