
लन्डन । नेपाली संस्कृति र परम्परालाई प्रवर्दन गर्न बेलायतमा सक्रिय संस्था प्रतिभा नक्षत्रले दोश्रो बृहत कार्यक्रमको तयारी गरेको छ l बेलायत भरि छरिएर रहेका नेपाली प्रतिभाहरुको पहिचान गरि उनीहरुलाई बिशेष अवसर प्रदान गर्ने काम गरिरहेको प्रतिभा नक्षत्रले गत बर्ष मात्र सफल कार्यक्रम गरि नेपाली समुदायमा छुट्टै पहिचान बनाउन सफल भएको थियो l
गत बर्ष स्थापना भएर लन्डनमा मात्र सिमित रहेको प्रतिभा नक्षत्रले यो बर्ष संयुक्त राज्य बेलायतका प्राय: सबै क्षेत्रबाट प्रतियोगी प्रतिष्प्रधिहरु भेला गराई सबै क्षेत्रका नेपाली प्रतिभाहरुलाई स्थान दिने प्रयास गर्ने भएको छ l यस बर्ष पनि एसियन कम्युनिटी हल , प्लमस्टेडमा आयोजना हुन लागेको प्रतिभा नक्षत्र २०१८ , अगष्टको १९ मा गरिने भएको हो l
गैर जातीय र गैर राजनीतिक सामाजिक प्रवासी नेपाली नयाँ नेपाली संस्था भएकोले आम मानिसको विश्वास जितेर कार्यक्रमलाई सफल बनाउन थुप्रै चुनौती रहेको संस्थाका सस्थापक अधक्ष्य शिम्मी पुनले बताउनु भयो l प्रतिभा नक्षत्रका परिकल्पनाकार तथा संस्थापक राजेन्द्र खसले चुनौती र समस्याका वाबजुद पनि सबै संग सहकार्य गरेर कर्यक्रमलाई सफल बनाएर छाड्ने प्रतिबद्दता जाहेर गर्नु भयो l
बिशेष कारणले बाहिरिएका प्रवासी नेपालीलाई आफ्नु संस्कृति , मौलिकता र पहिचानको अनुभूति गराई नेपाल र नेपाली प्रति दुरी घटाउन यस्ता रचनात्मक कार्यक्रमले ठूलो टेवा पुर्याउने प्रतिभा नक्षत्रले विश्वास गरेको छ l