२०८०, ४ आश्विन बिहीबार
×

ट्रेन्डिङ

बेलायतमा नेपाली बक्सर आदीप राना मगरले गोरेलाई एक बक्सींङमै ढाले

2301 Shares

बेलायतको नरवीचमा भएको ७० केजी तौल समुह अन्तर्गत ‘कन्टेन्डर्स २२’ प्रतियोगितामा नेपाली बक्सर अदिप राना मगरले गोरेलाई डरलाग्दो नकआउट गरेका छन ।

७० केजी तौल अन्तर्गत चारजना व्यवसायिक बक्सर (प्रोफेशनल फाइटर) बीच इपिक स्टुडियोमा हुने भिडन्त जितिनेमा उनी आशावादी देखिए ।

‘अभ्यास एकदम राम्रो भएको छ । ०१६ को फाइटभन्दा बढी राम्रो प्रदर्शन गर्ने आत्माविश्वास छ,’ रानाले भने । तीन पटकका युरोपियन च्याम्पियनको कोचिङले पनि उनी बढी आशावादी भएका हुन् ।

उनी जिम लन्डन साउथबाट प्रतिनिधित्व गर्दैछन् ।राना सन् २०१६ मा आयोजित ७३ केजी कन्टेन्डर्समा च्याम्पियन भएका थिए ।

सन् २०१४, नोभेम्बरमा बेलायत आएका राना नेपाल छँदा पनि बक्सिङ खेल्थे । उनी राष्ट्रिय प्रतियोगितामा तृतीयसम्म र क्योकुसिन करातेमा ललितपुर च्याम्पियन भइसकेका हुन् ।

यूके आएपछि सन् २०१५ मा उनले यहाँ आयोजित विभिन्न प्रतियोगितामा चारवटा उपाधि जिते । सन् २०१५ मा उनी अमेच्योर युरोपियन किक बक्सिङमा ७२ केजीअन्तर्गत च्याम्पियन भए भने उनले यसै वर्ष साउदर्न एरिया के वान ब्रिटिश च्याम्पियनको उपाधि चुमे । ७० केजी अन्तर्गत यूके फाइट क्लव च्याम्पियन पनि भए उनी । सन् २०१५ मै उनी इस्का च्याम्पियन (इन्टरनेशनल स्पोर्टस किक बक्सिङ एसोसिएसन) बने ।

भविष्यमा एमएमए (मिक्स मार्सल आर्टस) मा उत्रने उनको लक्ष्य छ । आमसञ्चार विषयमा स्नातकोत्तर गरेका उनी भूतपूर्व गोर्खाका सुपुत्र हुन् ।

रानालाई ए स्टार फाइनान्सियल सोलुसन्स यूकेले एक कार्यक्रमबीच खेल सामाग्री हस्तान्तरण तथा खर्च प्रायोजन गरेको छ ।

कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत रानालाई थप हौसला प्रदान गर्न र युवा पुस्तालाई खेलप्रति प्रेरित गर्न उक्त सहयोग गरिएको ए स्टार फाइनान्सियल सोलुसन्स यूकेका इन्डिपेन्डेन्ट फाइनान्सियल एडभाइजर मीन दर्लामीले बताए ।

प्रतियोगिताको पूर्व सन्ध्यामा शुक्रबार वेम्लीस्थित कार्यालयमा रानालाई शुभकामना दिंदै दर्लामीले भने, ‘खेल प्रतिभाहरुले नेपाल र नेपाली समुदायको इज्जत प्रतिष्ठा राखेका छन् तर हामी उनीहरुलाई कम प्राथमिकता दिइरहेका छौं ।’

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया