२०८३, १३ श्रावण बुधबार
×

ट्रेन्डिङ

‘दारी बा को सेकुवा’ले कमायो यूएईमा चर्चा

2675 Shares
Spread the love

यूएई – केही बर्ष यता नेपालीहरुको लागि यूएई सधैं चर्चामा रहने गर्दछ । राम्रा नराम्रा बिभिन्न कारणहरुले यूएई चर्चामा रहने गरेको छ । नेपालीहरु माझ यूएईमा यस्तै अर्को चर्चा शुरु भएको छ । त्यो चर्चा हो ‘दारी बा को सेकुवा’ को ।

सामाजिक संजालमा निकै चर्चित बनेको छ यूएईको रसअल खेमैहमा रहेको ‘दारी बा को सेकुवा’ । रस अल खेमामा नखीलमा रहेका पुरानो लुलु मार्केट छेवैमा खुलेको रोह अल ईतिहाद रेस्टुरेन्ट नामको रेस्टुरेन्टले हाल ‘दारी बा को सेकुवा’नाम दिएको सेकुवा परिकारले ग्राहकहरुलाई निकै नै लोभ्याई रहेको देखिन्छ । रस अल खैमहका स्थानीय नेपालीहरु मात्र हैन अबुधाबी, दुबई, शारजाह, फुजैराह, अज्मान लगायतबाट कयौ नेपालीहरु दारी बाको सेकुवा खान आजकल रस अल खैमह आउने गरेका छन् ।

यस्तो खाना त मैले दुबईमा कतै खान पाएको छैन रेस्टुरेन्टमा भेटिएका एक नेपालीलले भने रेस्टुरेन्टको स्वाद नै बेग्लै छ । उक्त रेष्टुरेन्टमा पारिवारिक जमघटसँगै विभिन्न स्वादिष्ट खाजाहरु पाइने गर्छ ।
उक्त रेष्टुरेन्टको म:म पनि भिन्न खालको स्वादमा रहेको ग्राहकहरुले बताउने गरेका छन् ।

कतिपय ग्राहकले दारीबाको सेकुवा कर्नर (रोह अल ईतिहाद) मा म:म खुबै मनपराएको भन्दै फेसबूकमा खुलेर प्रसँसा समेत गरेका छन्।

रेस्टुरेन्टका ग्राहक नेपाली मात्र छैनन् भारतीय, अरबी र फिलिपिनो पनि बाक्लो उपस्थित रहने संचालक जीवन दासले बताए । एक पटक आएका ग्राहकहरु दोहो¥याई तेहे¥याई आउने गरेको दासले सुनाए । भन्छन् ‘ग्राहकहरु त्यसरी आउँदा सन्तोष मिल्छ र अझै प्रभावकारी बनाउ भन्ने जागर चल्छ ’ । हामी खाना मात्र बेच्दैनौ, नेपाली स्वादको, नेपाली खानाको प्रबर्द्दन पनि गरिरहेका छौ’ उनले भने, दारी बा को सेकुवा र म:मको परिकार निकै नै लोकप्रिय भएको छ ।

रेस्टुरेन्टमा ईन्डिअन, कन्टिनेन्टल, चाइनिज सबै प्रकारका खानाहरु उपलब्ध छन् , रेस्टुरेन्टका अर्का संचालक तथा दारी बा को सेकुवाका प्रारम्भकार निश्चल दाहालले भने, ्खाए पछि नेपाली खाना नमिठो भन्ने सुन्नु परेको छैन ।’

संचालक दाहाल भन्छन, हामी फ्रेस खाना खुवाउँछौ, बासी वा लामो समय फ्रीजमा स्टोर गरिएको खाना हामी ग्राहकलाई बेच्दैनौ । त्यसैले यो निकै स्वस्थकर हुन्छ । हामीले कसैको नक्कल गरेका छैनौ र आफ्नै नेपाली मरमसलाको फ्युजन गरि सेकुवा तथा अन्य परिकार बनाउने गरेका छौ, उनले भने, हामी जे खुवाउछौ त्यो आफूपनि स्वयं खान्छौ, आफुलाइ सम्झिएर र आफुलाइ त्यो खाना स्वादिलो र पाच्य हुन्छ कि हुन्न सोही दिमागमा राखेर हामी खाना पस्कन्छौ।

यूएईका सबै रेस्टुरेन्टमा नेपाली खाना पाईन्छ । धेरैमा सेकुवा र म:म पनि पाईन्छ । तर दारी बाको रेस्टुरेन्टको चर्चा भने स्वाद र परिकारका कारण निकै चर्चामा छन ।

प्रतिक्रिया