२०८०, १३ फाल्गुन आईतवार
×

ट्रेन्डिङ

सेञ्चुरी बैंकद्वारा गैरकानुुनी रुपमा ऋणीको सम्पत्ति बिक्री

4901 Shares

सुरेश राउत, काठमाण्डौं । सेञ्चुरी कमर्सियल बैंकले गैरकानुनीरुपमा ब्याज लगाई ग्राहकको करोडौँ रुपैयाँबराबरको सम्पत्ति कब्जा गरेको तथ्य सार्वजनिक भएको छ । बैंकको वीरगञ्ज शाखाले भूमाफियाहरुसँग मिलेर ऋणी सञ्जय कुुमार कुुशवाहको करोडौं रुपैयाँबराबरको सम्पत्ति कब्जा गरेको हो ।

सेञ्चुरी बैंकबाट वीरगञ्ज महानगरपालिका १५ बस्ने सञ्जय कुमार कुशवाहले वि.सं. २०७३ वैशाख ६ गते सोही ठाउँको कित्ता नम्बर १३२ क्षेत्रफल ००१५९.०० वर्गमिटर तथा सोही क्षेत्रको कित्ता नम्बर १३३ को ०००७९.४० वर्गमिटरको जग्गा र उक्त जग्गामा बनेको घर समेत धितो राखेर एस.के इलेक्ट्रोनिक्स कम्पनीको नाउँमा एक करोड ३० लाख रुपैयाँ ऋण लिएका थिए । कुुशवाहले आमा मञ्जुु कुमारीको नाउँमा रहेको घरजग्गा जमानी राखेर ऋण लिएका कुुशवाह परिवार अहिले ऋण दिने सेञ्चुरी कमर्सियल बैंककै कारण घरवारविहीन भएको छ । कुुशवाह परिवारले ऋणको ब्याजबापत वि.सं. २०७३ देखि हालसम्म बैंकलाई ६२ लाख ९९ हजार ८५ रुपैयाँ बुुझाइसकेको छ ।

तर बैंकले सबै रकम तिर्न दबाब दिइरहेको छ । तर यसरी दबाब दिइरहँदा ऋणीको उक्त घरजग्गा भन अर्कै व्यक्तिले लिलाममार्फत लिइसकेकाछन् । एक करोड ३० लाख रुपैयाँको २०७३ सालदेखि हालसम्मको ब्याज कति हुुन्छ ? यहाँ ६३ लाख रुपैयाँ बुुझाइसक्दा पनि बैंकले भूमाफियासँग मिलेर हाम्रो घरजग्गा कब्जा गरेर घरवारविहीन बनाउनुु कहाँसम्मको न्याय हो, पीडित सञ्जय कुमार कुुशवाहले भनेकाछन् । सोही विषयमा आफूले नेपाल राष्ट्र बैंकको गुुनासो व्यवस्थापन समितिमा उजुुरी समेत गरेको उनले बताए । आफूले बुुझेअनुसार नेपाल राष्ट्र बैंकले उक्त विषयमा समस्या समाधान गर्न तथा नसक्ने भए नेपाल राष्ट्र बैंकमा त्यसको जानकारी लेखेर पठाउन पत्रचार समेत गरेको छ ।

‘तीन करोड ५० लाख रुपैयाँ मूल्यांकन रहेको घर कब्जा गर्ने उद्देश्यले भूमाफियाको मिलेमतोमा बैंकका वीरगञ्ज शाखाका कर्मचारीहरुले ऋणको ब्याज बुुझाउँदा बुुझाउँदै एक जना व्यापारीलाई सबै रकम चुक्ता गर भनेर दबाब दिई लिलाम गराउनुु कहाँसम्मको न्याय हो ?’, पीडित कुशवाहले भनेकाछन्,‘जग्गा तथा घर लिलाम सकार गर्ने व्यक्ति अरबिन्द साह तेली हुुन् । उनी अघिल्लो चार/पाँच वर्षसम्म पनि अरु कम्पनीहरुमा काम गर्न सामान्य कर्मचारी रहेका थिए । तर उनी हाल तीनवटा जेसीभी, क्रसर उद्योग, २०औं करोड रुपैयाँबराबरको जग्गाको मालिक बनेकाछन्, यो सबै यस्तै बैंकका कारण सम्भव भएको हो ।’ उनका अनुसार अहिलेको साहले वीरगञ्जका अधिकांश बैंकहरुले लिलाम गरेको जग्गा लिने र ऋणीलाई सबै ऋण एकै पटक चुक्ता गर्न लगाई ऋणीलाई अप्ठ्यारो पार्ने र जग्गा हडप्ने गरेकाछन् ।

यसमा वीरगञ्जमा शाखा कार्यालय रहेका सबैजसो बैंकको शाखा प्रमुुखहरुको हात रहेको कुुशवाहको भनाइ छ । साहले अहिले पनि १५ देखि २० जनाको लिलाम भएको सम्पत्ति बैंकसँग साँठगाँठ गरी एक्लैले तिर्ने र बाँकी रकमबराबरको टेण्डर हालेर लिने गरेकाछन् । ‘साहको चार/पाँच वर्षको अवधिको २०/३० करोड रुपैयाँको आर्थिक हैसियत कसरी बनेको छ । यसमा सम्पत्ति शुद्धीकरण तथा राजस्व अनुसन्धान विभागले समेत चासो राख्नुपर्छ’, कुुशवाहले भनेकाछन् । सेञ्चुरी बैैंक र साहको मिलेमतोमा कुुशवाहको सम्पत्ति कब्जा गरेको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुुुसन्धान ब्युरो (सीआईबी) र सम्पत्ति शुुद्धीकरण विभागमा समेत उजुरी परेको छ, त्यही कारण सेञ्चुरी कमर्सियल बैंकको केन्द्रीय कार्यालयले पनि बैंकको वीरगञ्ज शाखामा के कस्ता कामहरु भइरहेकाछन्, छानबिन गर्नुुपर्छ, कुशवाहले भनेकाछन् ।

सोही विषयमा कुुशवाहले ऋण लिएको शाखा अर्थात् वीरगञ्जमा सम्पर्क गर्दा ऋण यही शाखाबाट लिएको भए पनि त्यसको बारेमा आफूहरुलाई जानकारी नभएको एक जना कर्मचारीले बताएकाछन् । ‘शाखा प्रमुुख शिवनाथ साह सोमबार विदामा बस्नुुभएको छ, त्यसको बारेमा आफूलाई जानकारी छैन’, ती कर्मचारीले भने । सोही विषयमा बैंकका प्रमुुख कार्यकारी तुुलसीराम गौतमलाई सम्पर्क गर्दा उनले उक्त कर्जाको बारेमा केन्द्रमा खासै जानकारी नआएको बताए । ‘जहाँसम्म राष्ट्र बैंकको पत्र, त्यसको बारेमा अहिलेसम्म पनि मलाई जानकारी आएको छैन’, प्रमुुख कार्यकारी गौतमले भने । (आर्थिक दैनिकबाट

प्रतिक्रिया