२०८३, २५ श्रावण सोमबार
×

ट्रेन्डिङ

डा. केसीले आँशु भर्दै भने म जतिखेर पनि मर्न सक्छु

1886 Shares
Spread the love

जुम्ला – जुम्लामा सात दिनदेखि अनशनरत प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न त्यहाँ पुगेको नेपाली कांग्रेसकाे तीन सदस्यीय सांसदको टोली आज काठमाडौं फर्किने भएको छ।  केसीको स्वास्थ्य अवस्था बुझेर टोली काठमाडौं फर्किन लागेको हो।

काठमाडौं फर्कनु अघि जुम्ला अस्पतालमा पत्रकार सम्मेलनको आयोजना गर्दै सांसद प्रकाश स्नेही रसमाईले डा. केसीमा रोगसँग लड्न सक्ने क्षमता कम हुदै गएको प्रतिक्रिया दिए। भेटका क्रममा डा. केसीले आँशु भर्दै म जतिखेर पनि मर्न सक्छु भन्ने अभिव्यक्ति दिएको उनले बताए।

उनले चिकित्सा शास्त्र शिक्षा बिधेयक हुबहु पारीत गर्न माग गर्दै बर्तमान सरकारले कांग्रेसका कारण डा. केसी अनशनमा बसेको भन्दै फइलाएकाे हल्ला निराधार भएको बताए। डा. केसीको अनशनसँग नेपाली कांग्रेसको कुनै स्वार्थ नमिसिएको तर उनले राखेका माग जनतामैत्री भएकाले साथ दिएको रसमार्इले बताए। नेपाली कांग्रेसले मात्र नभर्इ सिंगो देशले डा. केसीको मागमा एक्केवद्धता जाहेर गरेको उनको भनाई छ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा हुँदा ल्याएको चिकित्सा शिक्षा बिधेयक हुबहु पारित गर्न पनि सरकारसँग माग गरे। भेटका क्रममा डा. केसीले चिकित्सा शास्त्र बिधेयक जस्ताको तस्तै पारीत भएमा अनशन फिर्ता लिने बताएको जानकारी दिए ।

टोलीले अनशनका क्रममा भएको प्रहरी हस्तक्षेपको घोर मत्सना गरेको छ। काग्रेस संसदिय दलले डा. केसीको स्वास्थ्य अवस्था बुझ्न सांसद प्रकाश स्नेही रसाईली, रंगमति शाही र दिनवन्दु श्रेष्ठलाई खटाएको थियो।

प्रतिक्रिया