२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

नेप्लिज सेफ एशोसिएसन यूकेको अध्यक्षमा दधि आचार्य

1570 Shares
Spread the love

तस्विर : शिव भण्डारी 


लण्डन : नेप्लिज सेफ एशोसिएसन यूके अध्यक्ष दधि आचार्य निर्वाचित भएका छन् । लन्डनमा सोमबार सम्पन्न दोस्रो अधिवेसनले आचार्य अध्यक्ष निर्वाचित भएका हुन्  । अधिवेशनले उपाध्यक्षमा रामप्रसाद न्यौपाने र मोहनलाल ओली, महासचिवमा भुपेन्द्र पाठक, सचिवमा विनोद बराल, कोषाध्यक्षमा रामचन्द्र सुवेदी र सहकोषाध्यक्षमा धर्मागत चापागाईंलाई निर्वाचीत गरेको छ ।

त्यसैगरि सदस्यहरुमा ठाकुरप्रसाद तिमल्सेना, केबि गुरुङ, रामप्रसाद सापकोटा, राजु बोहोरा, शिव कँडेल, बिक्की सापकोटा, दुर्गा गुरुङ, टिकाराम निउरे, मनिष खड्का, टिकाराम कंडेल, देविलाल निउरे, प्रकाश गुरुङ, लालचन्द्र सापकोटा, राजु खत्री, भोजराज भण्डारी र पारस सापकोटा निर्वाचित भएका छन्  ।

अधिवेशनको उद्घाटन बेलायका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले गरेका थिए  । सो अवसरमा एनआरएन आइसिसी उपाध्यक्ष कुल आचार्य, एशोसिएसनका संस्थापक तथा निवर्तमान कार्यसमितिका अध्यक्ष कृष्ण तिमल्सेना, एनआरएन आइसिसी सहकोषाध्यक्ष सोम सापकोटा, एनआरएन यूके अध्यक्ष योगकुमार फगामी र पूर्व अध्यक्ष सुर्य गुरुङ, एनआरएन आइसिसी सदस्य रामशरण सिम्खडालगायतले नेपालीहरुको पहिलो पुस्तालाई विदेशमा स्थापित गराउन रेष्टुरेन्ट तथा क्याटरिङ क्षेत्रले महत्वपुर्ण भुमिका खल्ने धारणा ब्यक्त गर्दै शुभकामना ब्यक्त गरेका थिए  ।

त्यस्तै, व्यवसायी कमल भण्डारी, दयानिधि सापकोटा, रणबहादुर केसी, वरिष्ठ पत्रकार खगेन्द्र नेपाली, नेप्लिज क्याटरिङ एशोसिएसन यूके अध्यक्ष विजय थापा, वरिष्ठ सेफ तथा समाजसेवी ध्रुव केसी, प्रवासी नपाली मञ्च यूके अध्यक्ष राजेन्द्र पुडासैनी, शान्ति नेपाली समाज बर्मिङहमका अध्यक्ष लिलाबहादुर थापा, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष श्याम लुईंटेल लगायतले पनि नवनिर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गरेका थिए  ।

प्रतिक्रिया