जगन कार्की , लण्डन : नेपाली समाज विल्शायर , स्विन्डनले गत शनिवार नेपाली नयाँ वर्ष २०७६ को शुभकामना कार्यक्रम स्थानीय पंजाबी हलमा भब्यताका साथ सम्पन्न गरेको छ ।

स्थानीय नेपाली समुदायका ४५० भन्दा बढ़ी संख्यामा उपस्थिति रहेको कार्यक्रममा बेलायतका लागी नेपाली राजदुत डा दुर्गा बहादुर सुबेदी प्रमुख अथितिको रुपमा रहेका थिए ।
त्यस्तै गरेर स्थानीय एमपी रोबर्ट बकलेंड र मेयर जनाव अली बिशेष अथितिको रुपमा रहेका थिए ।
साँझ ४ बजे देखी ११ बजे सम्म चलेको कार्यक्रममा राफल नेपाली कला र संस्कृति झल्किने बिबिध संस्कृतिक नृत्य तथा मनोरंजनका कार्यक्रमहरु प्रस्तुत गरिएका थिए ।
नेपाली नयाँ वर्षको उत्सवसंगै कला, भाषा संस्कृति अनि नेपालीपनको सम्बर्धन गर्नु कार्यक्रमको उदेश्य रहेको समाजका पुर्व अध्यक्ष राजकुमार क्षेत्रीले जानकारी दिए ।
प्रमुख अथिति राजदुत डा सुबेदीले नेपालीहरुमाझ नेपाली नयाँ बर्ष मनाउन पाउँदा खुशी लागेको भन्दै नयाँ बर्षको शुभ कामना व्यक्त गरे साथै समाजले गरेका क्रियाकलापहरुको प्रसंसा गरे ।

कार्यक्रममा उपाध्यक्ष ज्ञान बहादुर गुरुङले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
समाजका अध्यक्ष लाल श्रीषले कार्यक्रममा उपस्थित सबैलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्दै धन्यवाद प्रदान गरे साथै समाजले भबिस्यमा समुदायको लागि अझ जिम्मेवार बनेर काम गर्दै जाने बताए ।
भने कार्यक्रम संचालन सचिव मन्जु बुरा रानाले गरेकी थिइन भने र मनोरंजन सत्र समाजकी सांस्कृतिक संयोजक ललिता थापाले गरेकी थिइन ।