2206
Shares
लण्डन । एनआरएन यूकेले बेलायत भ्रमणमा रहेका नेपाल पत्रकार महासंघका महासचिब रमेश विष्ट र नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलसँग अन्तरक्रिया गरेको छ । अल्डरस्थित एनआरएन यूकेको कार्यालयमा बुधबार साँझ पत्रकारद्वय विष्ट र सिग्देललाई संस्थाको तर्फबाट सम्मान समेत गरिएको छ ।
यसै अन्तरक्रिया कार्यक्रममा गैरआवासीय नेपाली अभियान, दोहोरो नागरिकताको निरन्तरता, नेपालमा लगानीको वातावरण लगायतका लगाएतका विषयमा छलफल गरिएको थियो ।
महासंघ महासचिव विष्ट र युनियन अध्यक्ष सिग्देल दुवैले गैरआवासीय नेपाली संघको अभियानमा विगतदेखि नै नेपालको प्रेसले नजिकको सहकार्य गर्दै आएको धारणा व्यक्त गरे ।