1370
Shares
कुवेत । कुवेतमा एक नेपालीले समुद्रमा हाम फालेर आत्महत्या गरेका छन । बाग्लुङ सानो बजार घर भै हाल भेडाबारी–१६ नवलपरासी बसोबास गर्दै आएका बर्ष ३४ का दिपक शर्माले गत बुधबार राती आत्महत्या गरेका हुन ।
९ बर्ष पहीला एमटीसी कम्पनिमा आएका शर्मा २ महिना विदा बसि आएको २५ दिन मात्र भएको बुझिएको छ । बुधवार खबुस लिन हिडेका दिपक रात भर नफर्केको र बिहीवार बिहान कोठामा स्थानिय पुलिस आइ सर्च गर्दा मात्र घटनाबारे जानकारी पाएको गोर्खाका नर हमाललाई उद्दित गर्दै लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन हमालले जानकारी दिएका छन । घटनावारे दुतावास कुवेतलाई अवगत गराइएको छ ।