२०८३, ८ आश्विन बिहीबार
×

ट्रेन्डिङ

मलेसियामा एक नेपालीद्वारा झुण्डिएर आत्महत्या

2359 Shares
Spread the love

मलेसिया । मलेसियाको इपोहमा एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् । धनकुटा जिल्ला घर भएका टंक बहादुर कार्की करिब दुई बर्ष अगाडी मलेसिया आएका थिए ।

इपोह स्थित एक नेपाली रेस्टुरेन्टमा कार्यरत कार्की हिजो राति ११ बजे काम सकाएर सुत्न गएको र आज बिहानी करिब ७ बजेतिर नउठेपछि ढोका फुटाएर हेर्दा कार्की सिलिङ्ग फ्यानमा झुन्डेर मृत अबस्थामा फेला परेका थिए र तत्कालै साथीहरुले स्थानीय प्रहरी लाई खबर गरेका थिए ।

अहिले कार्कीको शवलाई पोस्टमार्टमको लागि इपोह स्थित राजा हस्पिटलमा राखिएको छ । साथिहरुको अनुसार कार्की अविवाहित रहेको र केहिदिन देखि मानसिक तनावमा रहेको साथै हिजो बेलुका सुत्ने बेलामा फोनमा बोल्दा झगडा परेको थियो ।

कार्कीका दाई मलेसियाको जोहरमा  र दिदि मलक्कामा रहेको र खबर पाउने बितिकै घटनास्थल तर्फ जादै गरेको इपोहबाट समीर परदेसिले जानकारी दिए । आत्महत्या गरेको ठाउमा कुनैपनि शंकास्पद वस्तु नभेटिएको जानकारीमा आएको छ ।

प्रतिक्रिया